काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री बिहान साढे ९ बजे पुगेका हुन्।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतलनिवास पुगेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ। शपथअघि राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।