बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रतिनिधिसभामा ४० प्रतिशत समर्थन गुमाउँदै प्रचण्ड

प्रतिनिधिसभामा ४० प्रतिशत समर्थन गुमाउँदै प्रचण्ड

  • मिडिया डबली
  • सोमवार, चैत्र ६ २०७९

  • 3.6K
    SHARES

  • प्रतिनिधिसभामा ४० प्रतिशत समर्थन गुमाउँदै प्रचण्ड

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन उनले संसद् सचिवालयमा पत्र दर्ता गरेका थिए । पुस २६ गते ९९ प्रतिशत समर्थन पाएका प्रचण्डले आज कति सांसदको समर्थन पाउने हुन् निश्चित छैन । यद्यपि उनले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिएको छ । 

    आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यसपटक शतप्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा रहेको बताएका थिए। ‘‘मैले आशाको कुरा गर्दा पहिला विश्वासको मत लिंदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ,’ उनले भनेका थिए। यसपटक प्रचण्डले ४० प्रतिशतभन्दा बढी समर्थन गुमाउने अवस्था सिर्जना भएको छ ।

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि पछिल्लो समय बनेको नयाँ गठबन्धनबीच प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ। हाल रहेको १० दलीय गठबन्धनबाट उनले विश्वासको मत पाउने पक्का जस्तै छ। कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चालगायत उनलाई विश्वासको मत दिनेछन्। 

    प्रधानमन्त्रीलाई  विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्नेछ। प्रतिनिधिसभामा माओवादीको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन्। जसआधारमा उनले एक सय ७४ सांसदको समर्थन पाउने देखिन्छ ।

    राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा कुरा नमिलेपछि अघिल्लो गठबन्धन सरकारबाट बाहिरिएका एमाले र राप्रपासँगै नेमकिपाले भने प्रचण्डलाई विश्वासको मत दिने छैनन्। एमालेको ७९, राप्रपाको १४, नेमकिपाको एक सांसद  छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ८ २०७९०३:५६:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend