बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कुँवर र ज्ञवालीमध्ये एकले आईजीमा बाजी मार्ने

कुँवर र ज्ञवालीमध्ये एकले आईजीमा बाजी मार्ने

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १० २०७९

  • 3.9K
    SHARES

  • कुँवर र ज्ञवालीमध्ये एकले आईजीमा बाजी मार्ने

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएकै बेला नेपाल प्रहरीको महानिरीक्षक खाली हुँदैछ।

    हालका महानिरीक्षक धीरजप्रताप सिंह आजैदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले ३० वर्ष सेवा अवधि पूरा गरेका छन्। यदि ३० वर्षे उमेरहद हटाउन सकेको भए सिंह नै महानिरीक्षकमा कायमै रहिरहने थिए ।

    नेपाल प्रहरीमा शुक्रबार जसरी पनि नयाँ महानिरीक्षक (आइजी) नियुक्त गर्नैपर्ने हुन्छ । आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले आइजी नियुक्त गर्न लागेको हो। बिहीबार बस्ने नियमित बैठकमा आइजी नियुक्ति गर्ने भनिएपनि शुक्रबारका लागि सारिएको थियो।

    आइजीका लागि पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी) हरू प्रतिस्पर्धी छन्। आईजीका लागि बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धी हुन्।

    पाँचजना एआइजीहरूमध्ये एकजना नेपाल प्रहरीको ३०औँ आइजीका लागि बढुवा हुनेछन्। आईजी बन्न पाँचैजनाले लबिइङ गरिरहेका छन् । तर एमाले निकट मानिने एआईजी ज्ञवालीलाई महानिरीक्षक बबनाउने हल्लाले राजनीति तताएको छ ।

    जागिर खाँदा उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको भन्दै ज्ञवालीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

    ज्ञवालीलाई आईजी बनाउन केपी ओली, माधव नेपाललगायत कम्युनिस्ट नेताहरूले बालुवाटारलाई दबाब दिइरहेको बुझिएको छ । तर नेपाली कांग्रेसले भने विवादास्पद ज्ञवालीलाई आईजी नबनाउन प्रधानमन्त्री प्रचण्डलाई सल्लाह दिएको छ ।

    बिहीबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा नयाँ आईजी नियुक्तिबारे छलफल भएको थियो । ज्ञवाली प्रहरीमा अकूत सम्पत्ति आर्जन गर्ने प्रहरी अधिकृतमा पर्ने बुझिएको छ ।

    एआईजी दीपक थापा प्रचण्ड निकट भए पनि उनको आईजी बन्ने सम्भावना अझै बाँकी रहेकाले कुँवरको सम्भावना धेरै रहेको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ७ २०७९११:४६:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend