बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्ड विरुद्ध नाराबाजी गर्ने विरुद्ध मुद्दा चलाउने तयारी 

प्रचण्ड विरुद्ध नाराबाजी गर्ने विरुद्ध मुद्दा चलाउने तयारी 

  • मिडिया डबली
  • बुधवार, चैत्र ८ २०७९

  • 3.0K
    SHARES

  • प्रचण्ड विरुद्ध नाराबाजी गर्ने विरुद्ध मुद्दा चलाउने तयारी 

    काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने तीन जनालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। उनीहरू तीनै जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी गरेको हो।

    मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा आयोजना गरिएको समारोहमा सहभागी हुनका लागि जाने क्रममा उनीहरूले प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘प्रचण्ड मुर्दावाद’, ‘आतंककारी प्रचण्ड’जस्ता नारा लगाएका थिए।

    सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउनका लागि प्रहरीले बुधबार काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद लिएको छ।

    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि उनीहरूलाई प्रहरीले मुख थुनेर लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो। हाल उनीहरूलाई प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ। प्रहरीले अधिकतम २५ दिनसम्म थुनामा राखेर अुनसन्धान गर्न पाउँछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend