सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनमा कोभिड संक्रमण तीव्र, हेनान प्रान्तमा मात्र ८८ मिलियनभन्दा बढी संक्रमित 

चीनमा कोभिड संक्रमण तीव्र, हेनान प्रान्तमा मात्र ८८ मिलियनभन्दा बढी संक्रमित 

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 1.4K
    SHARES

  • चीनमा कोभिड संक्रमण तीव्र, हेनान प्रान्तमा मात्र ८८ मिलियनभन्दा बढी संक्रमित 
    फाइल तस्वीर

    बेइजिङ - चीनको तेस्रो धेरै जनसङ्ख्या भएको प्रान्त हेनानका झण्डै ९० प्रतिशत मानिसहरू अहिले कोभिडबाट संक्रमित भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    प्रान्तीय अधिकारी कान क्वानचेङले पत्रकार सम्मेलनमा करिब ८८.५ मिलियन मानिस रहेको तथ्याङ्क खुलासा गरे। चीनले डिसेम्बरमा शून्य-कोभिड नीतिहरू त्यागेपछि संक्रमणको अभूतपूर्व वृद्धिको सामना गरिरहेको छ।

    चीनको शून्य कोभिड नीतिविरुद्ध लकडाउन, क्वारेन्टाइन र सामूहिक परीक्षणविरूद्ध ब्यापक विरोध प्रदर्शन गरेको छ। कानले सबै संक्रमण कहिले भयो भनेर समयरेखा निर्दिष्ट गरेका छैनन- तर चीनको अघिल्लो शून्य-कोभिड नीतिले केसहरूलाई न्यूनतम राखेको हुनाले विगत केही हप्ताहरूमा हेनानको ठूलो संख्यामा संक्रमण भएको हुनसक्ने आँकलन गरिएको छ। 

    डिसेम्बर १९ देखि हेनान प्रान्तमा ज्वरोका बिरामीहरु एकदमै बढेको र यसले संक्रमण पनि तीव्र बनाएको बताइएको थियो। आधिकारिक तथ्यांकअनुसार कोभिड नीति परिवर्तन भएदेखि १ अर्ब ४ करोडको मुलुकमा १ लाख २० हजार मात्रै संक्रमित भएका छन् भने ३० जनाको मृत्यु भएको छ।

    यसैबीच आइतवार, अधिकारीहरूले मुख्य भूमि चीनमा तीन कोविडको मृत्युको रिपोर्ट गरेका छन्। यद्यपि, कोभिड मृत्युको परिभाषा संकुचित भएको र सामूहिक परीक्षण अब अनिवार्य छैन भन्दै रोकिएको थियो। 

    अन्य स्थानीय र प्रादेशिक अधिकारीहरूले पनि केन्द्र सरकारबाट धेरै फरक तथ्याङ्क उपलब्ध गराउँदै आएका छन्। क्रिसमसको पूर्वसन्ध्यामा, बन्दरगाह सहर किंगदाओका एक वरिष्ठ स्वास्थ्य अधिकारीले प्रत्येक दिन आधा लाख मानिसहरू संक्रमित भइरहेका छन्। 

    यसैबीच चिनियाँ स्वास्थ्य अधिकारीहरूले अमेरिकी फर्मले उद्धृत गरेको उच्च मूल्यका कारण फाइजरको एन्टिभाइरल कोविड औषधि प्याक्सलोभिडलाई आधारभूत चिकित्सा बीमा योजनाहरूमा समावेश नगर्ने बताए।

    ३१ मार्चसम्म चीनको व्यापक स्वास्थ्य सेवा बीमा योजनाले अस्थायी रूपमा कभर गरेको औषधिले गत महिना चीनमा कोभिडका केसहरू बढेपछि मागमा तीव्र वृद्धि भएको छ। फाइजरले चीनमा औषधिको 'सुरक्षित र पर्याप्त आपूर्ति' गर्न चिनियाँ सरकार र सबै सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्न जारी राख्‍ने कम्पनीले एक विज्ञप्तिमा भनेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend