आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एमालेका पूर्व मेयरले गरेका रहेछन् ठूलो भ्रष्टाचार, अख्तियारको एक्सनले खैलाबैला 

एमालेका पूर्व मेयरले गरेका रहेछन् ठूलो भ्रष्टाचार, अख्तियारको एक्सनले खैलाबैला 

  • मिडिया डबली
  • सोमवार, माघ ९ २०७९

  • 3.0K
    SHARES

  • एमालेका पूर्व मेयरले गरेका रहेछन् ठूलो भ्रष्टाचार, अख्तियारको एक्सनले खैलाबैला 

    काठमाडौं– अदुवाको बीऊ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बीऊ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

    गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनासिव कारण बिना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

    यसैगरी अधिकारीसहित कर्मचारीको मिलेमतोमा स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक पटक २ करोड १४ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएकोले आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको उल्लेख छ। 

    निजहरुलाई पटक पटक गरी भुक्तानी भएको परिमाणलाई प्रति किलोग्रामका दरले ९नगरप्रमुख अधिकारीको तोकबाट बढी भुक्तानी भएकोले सो कट्टा गरी हुन आउने प्रति किलोग्रामको रकम० हुन आउने कुल रकम २ करोड १ लाख ५० हजारमा अग्रिम आय करबापत कट्टा गरिएको ३ लाख ७९ हजार ५०१ रुपैयाँ घटाई कायम हुने रु १ करोड ९७ लाख ७० हजार ४९९ बिगो कायम गरी विगो असुलउपर हुनसमेत मागदावी लिइएको छ।


    साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि, तीनकुने, काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेउपर पनि सोही बमोजिम बिगो कायम गरी आज विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १७ २०७७०७:५१:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend