सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एक महिनामै ६० हजारको मृत्युपछि चीनमा तनाव, रिपोर्ट लुकाउन बहाना खोजिँदै

एक महिनामै ६० हजारको मृत्युपछि चीनमा तनाव, रिपोर्ट लुकाउन बहाना खोजिँदै

  • मिडिया डबली
  • सोमवार, माघ २ २०७९

  • 3.1K
    SHARES

  • एक महिनामै ६० हजारको मृत्युपछि चीनमा तनाव, रिपोर्ट लुकाउन बहाना खोजिँदै

    काठमाडौं -  चीन सूचना लुकाउन माहिर देश मानिन्छ । कम्युनिस्ट शासन व्यवस्था भएकाले पनि त्यहाँ अन्तर्राष्ट्रिय मिडियालाई सहज पहुँच दिइएको छैन ।

    त्यही भएर चीनका धेरै समाचार बाहिरी दुनियाँले थाहा पाउँदैनन् । तीन वर्षअघि चीनकै बुहान सहरबाट कोरोना संसारभर फैलिएको थियो । जसबाट संसारले ठूलो मानवीय र आर्थिक क्षति बेहोरिरहेका छन् । तर चीनमा भने कोभिडबाट मात्र पाँच हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरियो । तर अन्तर्राष्ट्रिय समुदायले कहिल्यै विश्वास गरेनन् ।

    त्यति मात्र होइन, चीनको बुहान सहर कोभिडको उदगमस्थल भए पनि विश्व स्वास्थ्य संगठनलाई अनुसन्धान गर्न चीनले दिएन । असहयोग गर्दै आएको छ । पछिल्लो समय संसारबाट कोभिड उन्मूलन हुँदै गए पनि चीनमा भने यसले महामारीको रुप लिएको छ ।

    तीन वर्षसम्म पनि कोभिड महामारी नघट्नुले कोभिड चीनमै उत्पत्ति भएको आशंकालाई बल पुर्याएको छ । चीनले सुरुदेखि नै ‘शून्य कोभिड नीति’ लागू गर्दै आएको छ । जसकारण चीनमा व्यापक असन्तुष्टि उब्जिएको छ ।

    सरकारको यो नीतिको विरोध निकै भएपछि चीनले ‘शून्य कोभिड नीति’ त्यागेको थियो । तर एक महिनामै चीनमा ६० हजारको मृत्यु भएपछि विगतमा पनि चीनले मृतकको संख्या लुकाएको तथ्यलाई बल पुर्याएको छ ।

    चीनका स्वास्थ्य अधिकारीले शनिबार एक महिनाको अवधिमा कोभिड–१९ का कारण झन्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्। सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा जानकारी दिए।

    यो आँकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कुल संख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन्। सरकारी अधिकारीले नै यो तथ्य सार्वजनिक गरेकाले अहिले चीनमा बबन्डर मच्चिएको छ ।

    जुन तथ्यलाई लुकाउन पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याले भएको भन्दै बाँकी ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको भनेर प्रचार गरिएको छ ।

    चीनमा अहिले पनि दैनिक करोडौं कोभिडबाट संक्रमित हुँदै आएका छन् । जसकारण मृत्युदर पनि धेरै नै हुन सक्ने डब्लूएचओले अनुमान गर्दै आएको छ । यदि चीनले सही सूचना दिने हो भने अमेरिकामा भन्दा पनि बढी चीनमा कोभिडले असर गरेको नयाँ तथ्य सार्वजनिक हुने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend