सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मुख्यमन्त्री बन्नु अघि इन्द्र बानियाँले गरे यस्तो खुलसा !

मुख्यमन्त्री बन्नु अघि इन्द्र बानियाँले गरे यस्तो खुलसा !

  • मिडिया डबली
  • बिहिवार, मंसिर २९ २०७९

  • 2.6K
    SHARES

  • मुख्यमन्त्री बन्नु अघि इन्द्र बानियाँले गरे यस्तो खुलसा !

    काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्रीका दाबेदार इन्द्र बानियाँले पार्टी नेतृत्वसँग मुख्यमन्त्री बन्ने सहमति अनुसार नै प्रदेशसभामा लड्न तयार भएको बताएका छन्। उनले आफू प्रतिनिधिसभामा लड्ने तयारीमा रहेपनि नेतृत्वसँगको सहमतिपछि प्रदेशसभामा लड्न तयार भएको बताएका हुन्।

    ‘संसदीय दलको नेता भएर मुख्यमन्त्री हुने गरी पार्टी नेतृत्वसँगको सहमति अनुसार प्रदेशसभा सदस्यमा पुनःनिर्वाचन लड्न तयार भएको हुँ । नभए म प्रदेशमा निर्वाचन लड्ने मुडमा थिइनँ । बागमती प्रदेशको सभापति भइसकेपछि मैले पार्टीलाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिलो बनाउने काम ठुलो भूमिका खेलेँ,’ उनले भनेका छन्।

    उनले आफ्नो नेतृत्वमा बागमती प्रदेशमा कांग्रेसले सफलताको सिढी चढिरहेको दाबी गरे। ‘स्थानीय तह निर्वाचनमा गठबन्धन पनि मेरो नेतृत्वमा थियो । कांग्रेसले अधिकतम पालिका जित्यो । ०७४ को निर्वाचनमा कांग्रेसको जनमत ३० प्रतिशत थियो भने यस पटक ४८ प्रतिशतमा पुर्‍याइयो​ । बागमती प्रदेशमा मेरो नेतृत्वको गठबन्धन पनि ८८ प्रतिशत सफल भयो,’ उनले भने, ‘०७४ को निर्वाचनमा  ६६ प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये कांग्रेसले  ७ वटा मात्र जितेको थियो । पछि उपनिर्वाचनमा थप एक गरी ८ वटा जितेको थियो ।​ समानुपातिकबाट १४ सिट गरी कांग्रेस २२ सिटको पार्टी थियो । अहिले प्रत्यक्षतर्फ नै २५ सिट जितिएको छ । १२ सिट समानुपातिक गरी ३७ सिटसहित कांग्रेस पहिलो पार्टी बनेको छ ।’ 

    आफ्नो कामको मूल्यांकन पार्टी नेतृत्वले गर्ने विश्वास व्यक्त गरेका उनले संसदीय दलको नेतामा सर्वसम्मत चयन हुने बताएका छन्।

    ‘यो अवस्था निर्माण गर्न सभापतिको हैसियतले मैले राम्रो भूमिका खेलेको मलाइ लाग्छ । यो कुराको पार्टी नेतृत्वले पनि राम्रै ढङ्गले मूल्याङ्कन गरेको मैले पाएको छु । साथै प्रदेशसभामा आएका अधिकांश साथीहरू मेरो पक्षमा देखिनु भएको छ । दलको नेताका रूपमा साढे तीन वर्ष उदाहरणीय रूपमा प्रमुख प्रतिपक्षको भूमिका खेलेँ,’ उनले भनेका छन्, ‘संघ र प्रदेशको निर्वाचनमा मुख्यमन्त्री हुने कुरा थियो । पार्टी नेतृत्वको आग्रहमा आलोपालो मुख्यमन्त्रीको सहमतिबाट पनि ब्याक भएँ । बागमतीमा मुख्यमन्त्री परिवर्तन हुँदा सबैतिर अप्ठ्यारो पर्छ भनेर सभापतिले भनेपछि मुख्यमन्त्री त्याग गरियो । यी जिम्मेवारी, त्याग, निरन्तरता, धैर्यतालाई हेरेर दलभित्र मेरो नेतृत्व सबैले स्वीकार गर्छन् । जहाँसम्म मलाई सर्वसम्मत रूपमा दलको नेता बनाउँछन् भन्नेमा विश्वस्त छु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend