काठमाडौं - भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ ।
चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने जानकारी गराएका हुन् ।
‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गर्न लागिएको उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।