काठमाडौं– केही दिन अघि विपी कोइरालाको रवि लामिछानेसँग तुलना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले आफ्ना प्रतिष्पर्धीबारे भ्रमपूर्ण सन्देशसहित भोट मागेको भेटिएको छ।
तनहुँ क्षेत्र नम्बर १ मा चुनावी अभियानमा रहेका उनले बुधबार बिहान भानु नगरपालिका–२ नारेश्वरटारमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईबारे भ्रमपूर्ण सन्देशसहित मत मागेका हुन्।
आफूलाई नेपाल तरुण दल भानु नगरपालिकाका प्रवक्ता बताउने व्यक्तिसँग कांग्रेस उम्मेदवार भट्टराई राष्ट्रियसभामा जाने ग्यारेन्टी नै रहेको भनेका हुन्।
ती व्यक्तिले ‘गोविन्द भट्टराईको यहाँ लगानी धेरै छ सर। तपाईंलाई सम्मान गर्छु म’, भन्दै गर्दा वाग्ले भन्छन्, ‘तपाईंलाई एउटा कुरा भनु म, उहाँ राष्ट्रियसभामा जाँदै हुनुहुन्छ। ग्यारेन्टी नै छ।’
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका कांग्रेस केन्द्रीय सदस्य भट्टराईबारे हुँदै नभएको सन्देशसहित भोट मागेपछि तनहुँका कांग्रेस कार्यकर्ता आक्रोशित भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।