आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विदेशमा पेन्सन पकाएर आएका स्वर्णिम चुनाव लड्न ३१ लाख चन्दा उठाउँदै

विदेशमा पेन्सन पकाएर आएका स्वर्णिम चुनाव लड्न ३१ लाख चन्दा उठाउँदै

  • मिडिया डबली
  • बुधवार, चैत्र २२ २०७९

  • 4.0K
    SHARES

  • विदेशमा पेन्सन पकाएर आएका स्वर्णिम चुनाव लड्न ३१ लाख चन्दा उठाउँदै

    काठमाडौं- नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले ३१ लाख चन्दा उठाउने भएका छन् । आफूलाई चुनाव लड्न पैसा आवश्यक परेको भन्दै उनले मंगलबार काठमाडौंमा सानिमा बैंकमा खाता खोलेका छन् । आफूले ३१ लाख रुपैयाँ चन्दा उठाउने लक्ष्य राखेको र सो बराबरको रकम पुग्नेवित्तिकै खाता बन्द गर्ने उल्लेख गरेका छन् ।

    स्वर्णिम तिनै हुन् जो लामो समय अमेरिकामा बसेर युएनमा जागिर खाएर पेन्सन पकाएका व्यक्ति हुन् । काठमाडौंको बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिमा बढेर अमेरिकामा अर्थशास्त्रमा पिएचडी गरेका वाग्लेले छोरा पुस्तालाई पुग्ने गरी पैसा कमाएका छन् । तर, चुनाव लड्नुपर्दा भिखारीको शैलीमा चन्दा उठाउन थालेका छन् ।

    जनताको आँखामा छारो हाल्न गरिब र विपन्न भनेर प्रचार गर्न थालिएको छ । यो प्रवृत्तिको सुरुवात उज्ज्वल थापा, रवीन्द्र मिश्र, रवि लामिछानेहरूले गरेका हुन् । करोडौं रुपैयाँ आफूसँग भए पनि चन्दा उठाएर चुनाव जित्ने लक्ष्य लिएकाबाट देश बन्छ भनेर विश्वास गर्नु भनेको दास चरित्र हो । हिजो चन्दा उठाएर समाजसेवा गर्छु भनेका सीताराम कट्टेल र कुञ्जना घिमिरेले बीचमै रंगशाला निर्माणबाट हात झिके । जुन रंगशाला अहिले सरकारले बनाउने भनेर घोषणा गरिसकेको छ । अर्बौको प्रोजेक्ट चन्दा उठाएरै बनाउँछु भन्ने धुर्मुस सुन्तली र ३१ लाख चन्दा उठेमा तनहुँ २ बाट चुनाव जित्छु भन्ने स्वर्णिम एउटै चरित्र भएका व्यक्ति हुन् । यिनीहरूबाट देश बन्दैन भन्ने आमजनताले पहिले नै बुझ्नुपर्छ । 

    हिजो अरुलाई गाली गरेर, भिन्न शैलीको राजनीति गर्छु भनेर आएका रवि लामिछाने अहिले तिनै नो नट अगेन भनिएका एमाले, माओवादी नेताको गोडा मोल्ने अवस्थामा पुगेका छन् । तिनै लामिछानेको मातहतमा रहेर राजनीति गर्छु भन्ने स्वर्णिम पनि हाईहाईको राजनीतिमै लागेकाले यिनबाट कुनै परिवर्तन होला भन्ने धेरैलाई विश्वास छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख ९ २०८००७:५०:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend