काठमाडौं - अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् ।
बिहीबार दिउँसो साढे ४ बजे सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले औपचारिक रूपमा कांग्रेसबाट अलग भएको घोषणा गरेको हुन् ।
त्यसअघि वाग्लेले कांग्रेसका चार नेता गगन थापा र विश्वप्रकाश शर्मा, डा.शेखर कोइराला र गोविन्दराज पोखरेललाई एसएमएस पठाएर उनले आफू कांग्रेसमा बस्न नसक्ने उल्लेख गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाललगायतसँगको निरन्तरको छलफलपछि उनले कांंग्रेसबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका हुन् ।
उनी रास्वपाबाट तनहुँ २ मा उपनिर्वाचन उठ्ने भएका छन् । वाग्लेले कांग्रेस दाइ, भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको भन्दै गम्भीर आरोप लगाएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।