मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

Logo
images images

नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे

नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०८३

  • 117
    SHARES

  • नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे

    काठमाडौँ - नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन्। नेपालका लागि भारतको राजदूतको जिम्मेवारी सम्हाल्न उनी मंगलबार दिउँसो काठमाडौँ आइपुगेका हुन्।

    काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दलेलालाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका भारतीय दूतावासले जनाएको छ।

    नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने जिम्मेवारीसहित काठमाडौं आएका दलेलाले अब नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १८ २०८३०४:००:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend