काठमाडौं- आफूलाई विश्वकै नामुद अर्थशास्त्री कहलाउने स्वर्णिम वाग्ले अहिले तनहुँ १ बाट चुनाव लडिरहेका छन् । पहिलेदेखि नै रहस्यमयी चरित्र भएको वाग्लेको वास्तविक असलियत बारे धेरै मानिस जानकार छैनन् । विश्व बैंक वा संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरत रहेर नेपाल फर्केको भन्ने मात्र सबैलाई थाहा छ ।
नेपाली कांग्रेसको सरकार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्लेलाई राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनाएका थिए । तर सांसद बन्ने तीव्र मोहका कारण कांग्रेसलाई लात हानेर रवि लामिछानेको पार्टीमा प्रवेश गरेका वाग्लेको वास्तविक अनुहार वरिष्ठ पत्रकार विन्दुकान्त घिमिरेले उजागर गरेका छन् । लमजुङका पत्रकार तीन दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका छन् । नेपाली कांग्रेसका प्रायः सबै नेताको चरित्र र हैसियत बुझेका घिमिरेले आइतबार बिहान फेसबुकमा वाग्लेलाई नौवटा प्रश्न सोधेका छन् ।
घिमिरेका प्रश्न यस्ता गम्भीर र संवेदनशील छन्, जो विश्लेषण गर्दा उनी कतैबाट प्लान्टेड व्यक्ति भएको सजिलै थाहा हुन्छ । करोडौंपति वाग्ले अहिले चन्दा उठाएर चुनाव लड्दै गरेको नाटक गरिरहेका छन् । घिमिरेले वाग्लेलाई सोधेको नौ प्रश्न यस्ता छन्ः
१. तपाईसँग अमेरिकन ग्रिन कार्ड छ कि छैन ? छैन भने कहिले त्याग्नु भयो ?
२. तपाईले आफ्नी श्रीमती र छोरालाई नेपाली नागरिकता किन नदिलाउनु भएको ?
३. बलियो नेपाल भन्ने संस्थाबाट बिल एण्ड मृलिन्दा गेट्स् फाउण्डेशनको नौ करोड रुपैयाँ हिनामिना भएको आरोप छ, यसमा तपाईको के छ स्पष्टीकरण ?
४. तपाईले भियतनामको कुख्यात भ्रष्टाचारी कम्युनिष्ट नेताको छोरी विवाह गर्नु भएको रहेछ, त्यता ससुराको सम्पत्ति गैरकानुनी रुपमा नेपाल भित्राउनु भएको छ भन्ने पनि आरोप छ, यसमा तपाईको धारणा के छ ?
५. तपाई र तपाईकी श्रीमती डलरमा आम्दानी गर्ने मान्छे, गरिवको कोटामा युलेन्स स्कुलमा आफू योजना आयोगको उपाध्यक्ष हुँदा छोरालाई पूर्ण छात्रबृत्तिमा पढाउनुभएको रहेछ नि ? गरिवको नाममा तपाईको छोराले कसरी अवसर पायो ?
६. तपाईको बुबाको नाममा रहेको चितवन टाँडीको युनिक स्कुललाई बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतलाई तपाईले थर्काएर कर्पोरेट सामाजिक उत्तरदायित्व कोषमार्फत एक करोड लिनु भएको रहेछ नि ? तपाईको निजी स्कुल कसरी सामाजिक उत्तरदायित्वको पैसा लिन मिल्छ ?
७. तपाईले आर्थिक पारदर्शिताको कुरा गर्नु हुन्छ, अहिलेसम्म कुन ठाउँमा जागिर खाँदा कति तलव थियो, कति आम्दानी भयो र तपाईको नेपाल, भियतनाम र अमेरिकामा कहाँ कति सम्पत्ति छ भन्ने किन देखाउनु हुँदैन ?
८. तपाई र तपाईको श्रीमती दुवै डलरमा आम्दानी गर्ने अनि चुनाव खर्च जनतासँग चन्दा उठाउने ? यो कहाँको आर्थिक पारदर्शिता हो ?
९. शशिकान्त अग्रवाललगायत माडवारी व्यापारीसँग तपाईले नियमित चन्दा लिनुहुन्छ भन्न आरोप छ नि ?
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।