काठमाडौं– तनहुँ १ मा हुने उप निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ‘हार्दिक सहकार्य’ को सहमति भएको छ ।
रास्वपा उम्मेदवार डा.स्वर्णिम वाग्ले शनिबार एमालको जिल्ला पार्टी कार्यालयमै छफलका लागि पुगेका थिए ।
छलफलमा एमाले र रास्वपाबीच एकले अर्कालाई ‘डिस्टर्व’ नगर्ने सहमति भएको बताइन्छ । जसले जितेपनि कांग्रेस हराउन उप निर्वाचनको मतदान केन्द्रमै संयुक्त परिचालन हुने सहमति दुई पार्टीबीच भएको हो ।
सहमति अनुसार कांग्रेस र एमालेबी तीव्र प्रतिस्पर्धा भएका पहाडी बुथहरुमा रास्वपाले एमालेकै चिनिएका कार्यकर्ताहरुलाई बुथ प्रतिनिधिको रुपमा खटाएको छ । रास्वपाले पहाडी बुथहरु एमालेलाई छाड्नु कांग्रेसका गोविन्द भट्टराईलाई जसरी पनि हराउने रणनीति अनुसार भएको उनको दावी छ ।
चुनावी परिणाम कांग्रेसको पक्षमा आउने सम्भावना बढेपछि हालै कांग्रेस छाडेका स्वर्णिमले आफू हारेपनि एमाले जिताउने प्रयास थालेका हुन् ।
मौन अवधिमा उम्मेदवारले प्रचार–प्रसार र राजनीतिक भेटघाट गर्न पाइँदैन। तर निर्वाचन आचारसिंता विपरित वाग्लेले शनिवार तनहुँ एमालेको कार्यालयमा पुगेर छलफल गरेका छन्। उनले एमाले तनहुँका नेताहरुसँग वुथ प्रतिनिधि राख्ने विषयमा छलफल गरेका थिए। ‘उहाँ हाम्रो अफिसमा आउनुभएको थियो।
वुथमा प्रतिनिधि राख्ने विषयमा छलफल भयो र एक खालको सहमित पनि जुटेको छ,’ छलफलमा सहभागि एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘रास्वपा कमजोर देखिएका वुथमा एमालेकै वुथ प्रतिनिधिलाई रास्वपाको वुथ प्रतिनिधी तोक्ने प्रस्ताव उहाँले राख्नुभयो। हामीले सहमति जनायौं।’
एमालेसँगको सहमति अनुसार वाग्लेले रास्वपा कमजोर रहेको र कांग्रेस बलियो भएको ठाउँमा एमालेले राखेका वुथ प्रतिनिधिको नाम निर्वाचन आयोग समक्ष बुझाएका छन्। कांग्रेसको मत काट्ने योजना अनुरुप उनले यस्तो सहमति गरेको बताइएको छ। वुथ प्रतिनिधि राख्ने बाहेक अन्य के विषयमा भएका छलफल बारे एमालेका ती नेता खुल्न चाहेनन्।
यसअघि निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ–१ मा आइतबार उपनिर्वाचनको मतदान हुँदैछ। यस क्षेत्रमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ भने एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।