सोमवार, कार्तिक १७ २०८३Nov 02 2026

Logo
images images

बिचौलिया इनम सापकोटासँग न्यायाधीशको भेटबारे छानबिन गर्न सर्वोच्चको माग

बिचौलिया इनम सापकोटासँग न्यायाधीशको भेटबारे छानबिन गर्न सर्वोच्चको माग

  • मिडिया डबली
  • सोमवार, कार्तिक १७ २०८३

  • 57
    SHARES

  • बिचौलिया इनम सापकोटासँग न्यायाधीशको भेटबारे छानबिन गर्न सर्वोच्चको माग

    काठमाडौं - सर्वोच्च अदालतले न्यायाधीशहरू र बिचौलिया भनिएका इनम सापकोटाबीच भएको भनिएको भेटघाटको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

    प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा बसेको सर्वोच्च अदालतको फुल कोर्ट बैठकले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय गरेको हो ।

    बैठकले संविधान र प्रचलित कानुनको अधीनमा रही कुनै पनि प्रकारको पूर्वाग्रह नराखी निष्पक्ष रूपमा छानबिन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । साथै, अनुसन्धानबाट प्राप्त निष्कर्ष सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

    न्यायपालिकाको गरिमा, विश्वसनीयता र निष्पक्षतासँग जोडिएको विषय भएकाले घटनाको वास्तविकता बाहिर आउनुपर्ने सर्वोच्चको ठहर छ ।

    फुल कोर्ट बैठकले यस प्रकरणमा हुने छानबिन तथा अनुसन्धानका क्रममा कानुनबमोजिम आवश्यक सहयोग गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।

    यस निर्णयसँगै न्यायाधीश र भनिएका बिचौलियाबीचको सम्पर्कसम्बन्धी विषयलाई सर्वोच्च अदालतले गम्भीर रूपमा लिएको देखिएको छ । घटनाको निष्पक्ष छानबिन र वास्तविकता सार्वजनिक गर्नुपर्ने आवाज न्यायपालिकाभित्रैबाट उठेको छ ।

    1.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १७ २०८३०३:०६:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend