सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बागमतीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने, इन्द्र बानियाँ मुख्यमन्त्रीको प्रमुख दाबेदार

बागमतीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने, इन्द्र बानियाँ मुख्यमन्त्रीको प्रमुख दाबेदार

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १६ २०७९

  • 5.9K
    SHARES

  • बागमतीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने, इन्द्र बानियाँ मुख्यमन्त्रीको प्रमुख दाबेदार

    काठमाडौं - बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । प्रदेश सभामा आउने सांसदको मोटामोटी टुंगो लागेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।

    कुल ११० सदस्यीय बागमती प्रदेशसभामा ६६ सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् । ४४ सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ। बागमतीमा समानुपातिकतर्फ कुल १८ लाख २९ हजार ८१३ मत गणना भएको छ।

    प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो दल बनेका छन् । प्रत्यक्षमा २४ सिट पाएको कांग्रेसले बागमतीमा समानुपातिकबाट १२ सिट पाउने देखिएको छ। प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकमा १४ सिट पाउने देखिन्छ।

    प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा सात सिट, प्रत्यक्षमा सात सिट जितेको राप्रपाले समानुपातिकमा पनि सात सिट पाउने भएको छ। प्रत्यक्षमा एक सिट जितेको नेमकिपाले समानुपातिकमा दुई सिट, प्रत्यक्षमा पाँच सिट जितेको एकीकृत समाजवादीले समानुपातिकमा एक सिट र प्रत्यक्षमा एक सिट जितेको हाम्रो नेपाली पार्टीले समानुपातिकमा पनि एक सिट पाउने अवस्था अहिलेसम्मको मत परिणामले देखाएको छ। दोलखाको मतगणना जारी छ।

    बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ । कांग्रेस एक्लैसँग ३६ सिट छ । माओवादीको २१ र एकीकृत समाजवादीको ६ सिट छ । तीन पार्टीको सिट संख्या जोड्दा ६३ हुन्छ । प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेसबाट इन्द्र बानियाँ प्रमुख दाबेदार हुन् ।

    गत वर्ष सरकार बन्ने बेला आलोपालो मुख्यमन्त्री बनाउने सहमति भएको थियो । तर एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले छाडेनन् । त्यही बेला कांग्रेस बागमतीका सभापतिसमेत रहेका बानियाँले निर्वाचनबाटै ठूलो दल बनेर मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । सोहीअनुसार बानियाँ नै प्रमुख दाबेदार बनेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend