काठमाडौं– चीनमा सरकार विरोधी प्रदर्शन तीव्र भएको छ । २० राष्ट्रिय कांग्रेसको बैठक सुरु भएलगत्तै चीनमा सरकार विरोधी प्रदर्शन तीव्र भएको हो ।
राष्ट्रपति सी जिन पिङ तेस्रोपटक राष्ट्रपति बन्न खोजिरहेका छन् । त्यसको विरोधमा प्रदर्शन तीव्र पारिएको हो । केही समयअगाडि सी जिन पिङलाई पार्टी र सरकारको नेतृत्व नदिने गरी गतिविधि अघि बढेको थियो । तर अहिले त्यसबारे केही खुलेको छैन ।
चीनका ठूला सहरमा जनताहरू स्वतस्फुर्त ढंगले विरोधमा उत्रिएका छन् । उनीहरू आफूहरू दास बन्न नचाहेको भन्दै सरकारविरुद्ध नाराबाजीमा लागेका छन् । कोरोनाका कारण चीनमा तीन वर्षदेखि निकै कडाई गरिएको छ । जनतालाई स्वतन्त्र ढंगले बाहिर हिँड्डुल गर्न बन्देज गरिएको छ ।
यसले पनि नागरिकमा असन्तुष्टि बढेको छ । सरकार विरोधी प्रदर्शन उग्र बनेपछि अहिले त्यहाँ इन्टरनेटमा सेन्सरसिप र प्रहरीको धरपक्कड तीव्र पारिएको छ । चीन सरकारले शून्य कोभिड नीति लागू गरेपछि जनता आक्रोशित भएका हुन् । कोरोनाका कारण चीनको अर्थतन्त्र बिग्रेको छ । त्यहाँ अहिले तरलता देखिएकाले राष्ट्रपति सीको विरोध भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।