सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस बागमती सभापति बानियाँ राजनीति मात्र होइन, समाजसेवा पनि छन् अगाडि

कांग्रेस बागमती सभापति बानियाँ राजनीति मात्र होइन, समाजसेवा पनि छन् अगाडि

  • मिडिया डबली
  • शनिवार, भाद्र १८ २०७९

  • 3.0K
    SHARES

  • कांग्रेस बागमती सभापति बानियाँ राजनीति मात्र होइन, समाजसेवा पनि छन् अगाडि

    काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ कुनै दिन खाली बस्दैनन् । केही न केही कार्यक्रममा सरिक भएकै हुन्छन् । राजनीति र आफ्नो व्यवसायबाट बचेको समय उनले समाजसेवामा बिताउँछन् । बानियाँ कांग्रेस मकवानपुरको नेतृत्वमा आएसँगै जिल्लामा संगठन पनि बलियो बनेको छ । अहिले उनी जुन निर्वाचन क्षेत्रमा उठ्यो, त्यहाँ कांग्रेसले चुनाव जित्ने माहोल बनेको छ ।

    बानियाँ भूकम्पपीडित, कोरोनाबाट प्रभावित मानिस मात्र होइन, असहाय र विपन्न वर्गलाई राहतको व्यवस्था गर्दै आएका छन् । उनकै सहयोगमा धेरै स्वरोजगारसमेत भइसकेका छन् । सहयोगी स्वभाव भएकै कारण बानियाँ कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वास पात्र बनेका हुन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काकै सल्लाह र सुझावमा उनले राजनीति अघि बढाउँदै लगेका छन् ।

    कोभिड महामारी बेला उनले मकवानपुर मात्र होइन, धादिङ, सिन्धुली, रामेछापलगायत जिल्लाका विपन्न समुदायलाई सहयोग गरेका थिए । हालै उनले हेटौंडाका एक युवालाई कृत्रिम खुट्टा सहयोग गरेका छन् । २०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका–३ नर्सिङडाँडाका ४१ वर्षीय इन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपैयाँ बराबरको कृत्रिम खुट्टा सहयोग गरेका हुन् । ‘हातखुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृत्रिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोसिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ,’ बानियाँले भने ।

    करिब साढे दुई वर्षअघि पनि उनले बस्नेतलाई ५० हजार बराबरको कृत्रिम खुट्टा उपलब्ध गराएका थिए । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जीवन निर्वाह गरिरहेका छन् ।

    यस्तै, नेता बानियाँले एक साताअघि मनहरी गाउँपालिका ४, ५ र ६ का पाँच सय बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । प्रत्येक परिवारलाई एक बोरा चामल र एक पोका मस्यौरा वितरण गरिएको थियो । अधिकांश समय मकवानपुर जिल्लामा बिताउने बानियाँ हरेक साताजसो कुनै न कुनै सामाजिक कार्यमा सहभागी भएकै हुन्छन् । त्यही भएर पनि उनी कांग्रेसमा लोकप्रिय हुँदै गएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend