सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

शिशु अवस्थामै बिरामी पर्न थाल्यो माधव नेपालको नेकपा एस 

शिशु अवस्थामै बिरामी पर्न थाल्यो माधव नेपालको नेकपा एस 

  • मिडिया डबली
  • मंगलवार, भाद्र १४ २०७९

  • 3.1K
    SHARES

  • शिशु अवस्थामै बिरामी पर्न थाल्यो माधव नेपालको नेकपा एस 

    काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपबाट संसद् विघटन गरेपछि नेकपा विभाजित बन्‍यो। नेकपाबाट विभाजित भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेका थिए। नेकपा एमालेबाट पनि विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको थियो।

    माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी गठन भएको बिहीबार एक वर्ष पूरा भएको छ। यो एक वर्षको अवधिमा पनि नेकपा एसले आफ्नो शक्ति विस्तार गर्न सकेको छैन। पार्टीभित्र मन्त्री पदका कारण आन्तरिक लुछाचुँडी भइरहेको छ। मन्त्री पदबाट बाहिरिएकी रामकुमारी झाँक्रीलगायतले पार्टी अध्यक्ष माधव नेपालको चर्को आलोचना गरिरहेकी छन्। 

    त्यसैगरी वरिष्ठ नेता झलनाथ खनाल भने एमसीसी प्रकरणदेखि नै नेतृत्वको विरोध गरिरहेका छन्। उनले ओलीसँगै मिल्नुपर्ने बताइरहेका छन्। तर, पार्टीभित्रका अधिकांश नेताहरुले ओलीसँग मिल्न नसकिने अडान राख्दै आएका छन्। यसरी नेकपा एस शिशु अवस्थामा नै बिरामी भएर थला पर्ने अवस्था सिर्जना भएको छ। 

    एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाइरहँदा पार्टीमा भएको शक्ति पनि क्षयीकरणको अवस्थामा छ। गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो।

    उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए। उनले पार्टीले हालसम्म पाँच लाख सदस्यता वितरण गरिसकेको पनि दाबी गरेको छ। 

    तर, पार्टी पुनर्गठनकै दिन नेकपा एसका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले भने पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। विगत ५/६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दे आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा शाहीले गरेका छन्। 

    सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनको पछि लागे। गत वर्षपनि पुनर्गठनका नाममा माधव नेपालको नेतृतवमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ। 

    पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई मात्रै फाइदा पुर्याएको शाहीको विश्लेषण छ। ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो,’ शाहीले भनेका छन्, ‘त्यसवापतको पछुतो र आत्मग्लानि भएको छ।’

    उनले आजको मितिबाट कुनै दलसँग आवद्ध नभएको घोषणा गरेका छन्। ‘विगत ५/६ महिनादेखि नै पार्टी काम छाडेर निष्क्रिय रहेको अस्वस्थ थियो भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु,’ शाहीले भनेका छन्।

    यसैगरी नेकपा एस माओवादी केन्द्रसँग मिल्‍न थालेपछि एसका नेताहरु अझै पार्टी छोड्ने मनसायमा रहेको नेताहरुले नै बताइरहेका छन्। यसरी हुर्किन नपाउँदै नेकपा एस विघटनको बाटोमा अघि बढिरहेको छ। सम्भवत: नेकपा एसको यो संघ र प्रदेश निर्वाचन नै अन्तिम निर्वाचन हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend