आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

बालुवाटार जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि तानिने, ओली निकट न्यायाधीश सुनुवाइ गर्दै

बालुवाटार जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि तानिने, ओली निकट न्यायाधीश सुनुवाइ गर्दै

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २ २०७७

  • 7.0K
    SHARES

  • बालुवाटार जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि  तानिने, ओली निकट न्यायाधीश सुनुवाइ गर्दै

    काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि तानिने भएका छन् । उनको पालामा बालुवाटारको जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो ।

    सोही विषयलाई सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गरिरहेका राजावादी कानुन व्यवसायी बालकृष्ण नेउपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

    वरिष्ठ अधिवक्ता नेउपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई विपक्षी बनाई राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।

    ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटलाई अग्राधिकार दिँदै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

    ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानूनबमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र अन्य विपक्षीहरूबाहेक अख्तियार दुरूपयोग अनुसन्धान आयोगका हकमा महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नू,’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दिएको आदेशमा भनिएको छ ।

    पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको हो । न्यायाधीश फुयाँल केपी ओली पहिलोचोटि प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend