सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०८३

  • 111
    SHARES

  • बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

    गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्।

    नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको जनाएको छ। प्रहरीका अनुसार बाढीका कारण हालसम्म २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा क्षति भएका छन्।

    यस्तै, तीन वटा हाइड्रोपावर आयोजनामा क्षति पुग्नुका साथै यातायात र आवतजावत ठप्प हुने गरी २ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ।

    बाढीमा परी बेपत्ता भएका ५ जनाको खोजी तथा प्रभावितको राहत र उद्धारका लागि ५३८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०८३०६:४२:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend