गोरखा । गोरखामा उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पुल बगाएको छ। बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल र आरुघाटको सोती–मान्बु जोड्ने पुल बगाएको हो।
चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलामा आएको बाढीले माछीखोला बजारमा समेत क्षति पुर्याएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीका कारण बजार क्षेत्रमा क्षति भएको हो।
बाढीले उङगिलुङ खोला किनारमा रहेका चारवटा गोठसमेत बगाएको छ। गोठमा बाँधिएका १५ वटा याक र नाक पनि बाढीमा बगेका छन्। पशुहरूको हेरचाहमा खटिएका चार जना व्यक्ति भने सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन।
बाढीका कारण पुल, गोठ र पशुमा ठूलो क्षति पुगेको छ भने चार जना सम्पर्कविहीन भएपछि घटनाले थप चिन्ता बढाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।