सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सीपीईसीको नाममा बलुचिस्तानको शोषण गरेको भन्दै बलुच नेताद्वारा चीनको आलोचना

सीपीईसीको नाममा बलुचिस्तानको शोषण गरेको भन्दै बलुच नेताद्वारा चीनको आलोचना

  • मिडिया डबली
  • बिहिवार, भाद्र ९ २०७९

  • 3.9K
    SHARES

  • सीपीईसीको नाममा बलुचिस्तानको शोषण गरेको भन्दै बलुच नेताद्वारा चीनको आलोचना

    क्‍वेटा- एक बलुच नेताले बलुचिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना रोक्न चीनलाई आग्रह गरेका छन्। लाखौं आदिवासीहरूलाई जबरजस्ती विस्थापित गरेको भन्दै उनीहरुले चीनको चर्को आलोचनासमेत गरेका छन्। 

    अर्बौं डलरको सीपीईसी परियोजना राजमार्ग र रेलमार्गहरूको नेटवर्क हो, जुन पाकिस्तानभर फैलिने बताइएको छ। ठूलो मात्रामा चिनियाँ लगानी भएको यस परियोजनाको बन्दरगाह ग्वादरमा बन्‍ने भएको छ। बलुचिस्तान लिबरेसन फ्रन्टका प्रमुख अल्लाह नजर बलोचले एक सन्देशमा भनेका छन्, 'म बलुच राष्ट्रको तर्फबाट चीनलाई भन्‍न चाहन्छु कि तपाईंले हामीमाथि कब्जा गर्नु भएको छ।' 

    यदि चीनले यहाँ लगानी गर्न चाहन्छ भने उसले बलुचलाई आफ्नो सार्वभौम राज्य प्राप्त नभएसम्म कुर्नु पर्छ र बेइजिङ सम्झौता र व्यापार वार्ता गर्ने स्थितिमा हुने अल्लाह नजरले बताएका छन्। 

    'तिमीहरू यस्तै आन्दोलन र क्रान्तिकारी प्रक्रियाबाट गुज्रिरहेका बेला म कम्युनिष्ट पार्टीलाई भन्न चाहन्छु, बलुचिस्तानमा सीपीईसीको नाममा तपाईंले बलुच राष्ट्रलाई ठूलो क्षति पुर्‍याउनु भएको छ। बलुचहरूलाई उनीहरूको जन्मभूमिबाट निष्कासन गर्ने र सम्पति नष्ट गर्ने नीतिको कडा विरोध गर्दछौं, उनले आफ्नो भिडियो सन्देशमा भनेका छन्। 

    बलुचहरू दशकौंदेखि आफ्नो अधिकारका लागि लडिरहेका छन्। पाकिस्तानी सुरक्षा बलहरूले जवाफी कारबाहीमा राजनीतिक कार्यकर्ता, बुद्धिजीवी र विद्यार्थीहरूलाई निशाना बनाउँदै आएका छन्। सेना र फ्रन्टियर कोरबाट हत्या, जबर्जस्ती बेपत्ता र यातनाका घटना बढेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend