सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

पार्टीभित्रै चौतर्फी घेराबन्दीमा परेपछि माधव नेपाल निरास

पार्टीभित्रै चौतर्फी घेराबन्दीमा परेपछि माधव नेपाल निरास

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३१ २०७९

  • 2.7K
    SHARES

  • पार्टीभित्रै चौतर्फी घेराबन्दीमा परेपछि माधव नेपाल निरास

    काठमाडौं - कोरोना भाइरस संक्रमणका कारण केही दिनदेखि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

    उनले पार्टी नेता र कार्यकर्तासँग भेटघाटसमेत बन्द गरेका छन् । कोरोना संक्रमण हुनुअघि उनी विभिन्न जिल्ला भ्रमणमा गएका थिए । पार्टी गठन गरेको एक वर्ष पुग्नै लाग्दा संगठन विस्तारका क्रममा उनी जिल्ला जिल्ला पुगिरहेका छन् ।

    तर, एकीकृत समाजवादीका अन्य नेताहरू भने गफ दिएर घरमै बसिरहेका छन् । पार्टीको संगठन विस्तारमा उनीहरूको भूमिका शून्य देखिएको छ ।

    मन्त्री नबनाएको, मन्त्रीबाट फिर्ता बोलाएको, टिकट दिने सूचीमा नसमेटिको जस्ता विवाद उठाउँदै उनीहरू अहिले माधव नेपालको सत्तोश्रापमा लागेका छन् ।

    जसमा झलनाथ खनाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडासम्म पर्छन् । झाँक्रीले माधव नेपालसँग भेटघाट नै बन्द गरेकी छन् । जबकि उनी पार्टीको सचिवसमेत हुन् । मन्त्रीबाट फिर्ता बोलाएको रिस अझै उनमा साम्य भइसकेको छैन ।

    झलनाथ खनाल भने माधवप्रति धेरै नै एग्रेसिभ भएका छन् । आफू र आफ्ना नेतालाई टिकट सुनिश्चित नभए एमाले जाने घुर्की उनले माधव नेपाललाई दिइरहेका छन् । अहिले उनी इलाम १ बाट प्रतिनिधिसभा निर्वाचनको टिकट सुनिश्चित गर्न लागिरहेका छन् । त्यसका लागि उनले गठबन्धन दलका शीर्ष नेतालाई दबाब दिइरहेका छन् । तर, यसपटक उनले जित्ने सम्भावना ज्यादै न्यून छ ।

    आफ्नै पार्टीको घेराबन्दीमा परेपछि माधव नेपाल निरास बनेका छन् । पार्टी गठन गरेको एक वर्ष नपुग्दै स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले सात लाख मत ल्याएको थियो ।

    आगामी निर्वाचनमा समानुपातिकमा १० लाख मत ल्याउने नेताहरूले दाबी गर्दै आएका छन् । तर, नेताहरूका कारण जनमत भड्किने देखिएपछि माधव नेपाल तनावमा परेको एक नेताले बताए ।

    यही बेला एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका नेताहरूलाई टिकटको ललिपप देखाएर फकाइरहेका छन् । चुनावसम्म एकीकृत समाजवादी पार्टी रित्याउने उनको रणनीति छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend