सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

माधव नेपालसँग झलनाथ, मेटमणि, रामकुमारी सबै रुष्ट

माधव नेपालसँग झलनाथ, मेटमणि, रामकुमारी सबै रुष्ट

  • मिडिया डबली
  • सोमवार, श्रावण २३ २०७९

  • 4.3K
    SHARES

  • माधव नेपालसँग झलनाथ, मेटमणि, रामकुमारी सबै रुष्ट

    काठमाडौं - प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्मुखमै एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादीमा नेताहरूबीच गाँड कोराकोर भएको छ ।

    खासगरी स्थानीय तहको निर्वाचन र पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयले एकीकृत समाजवादीमा भुसको आगोको रूप लिएको छ । स्थानीय तह निर्वाचनदेखि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको हो।

    अध्यक्ष नेपालसँग खटपट भएका बेला स्वास्थ्य मन्त्रालयबाट खरिद स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको विषयमा नेता खनालले दुई मन्त्रीलाई आफ्नै निवासमा बोलाएर जानकारी लिएका छन्।

    खनालले स्वास्थ्यमन्त्री भवानी खापुङ र राज्यमन्त्री हीराचन्द्र केसीलाई आइतबार बिहान आफ्नै निवासमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको खबर आइरहेको र यसले पार्टीलाई समेत बदनाम गराउन सक्ने भन्दै चासो राखेका थिए। यसले अर्को लफडा सुरु भएको छ ।

    यस्तै, पूर्वसहरीमन्त्री एवं पार्टी सचिव रामकुमारी झाँक्रीले सहरी मन्त्रालयबाट विनियोजन भएको रकम र कार्यक्रमबारे टिप्पणी गर्न थालेकी छिन्। यसले गर्दा पार्टीको माथिल्लो तहमा रहेका नेता आरोपप्रत्यारोपमा उत्रिँदा विवाद बढ्दै गएको छ। सहरी विकासमन्त्रीबाट बाहिरिनु परेपछि उनी अध्यक्ष नेपालसँग असन्तुष्ट छिन्।

    उनले सार्वजनिक कार्यक्रममै अध्यक्ष नेपालको कार्यशैलीबारे टीकाटिप्पणी गर्न थालेकी छिन्। कतिसम्म भने मन्त्रीबाट फिर्ता बोलाइएपछि रामकुमारीले अध्यक्ष नेपाललाई भेटेकी समेत छैनन् ।

    जबकि एकीकृत समाजवादी गठन गर्नेबेला झाँक्रीले नै हात समाएर नेपाललाई निर्वाचन आयोगमा लगेर पार्टी दर्ता गरेकी थिइन् । एक वर्षमै दुई नेताबीच् शीतयुद्ध सुरु हुनुलाई नेता कार्यकर्ताले निको मानेका छैनन् । उता सहरी विकासमन्त्री मेटमणि चौधरी पनि अध्यक्ष नेपालसँग रिसाएका छन् ।

    मन्त्रालयलाई जानकारी नै नदिई नेपाल आयोजना शिलान्यास गर्दै हिँडेपछि चौधरी आगो भएका हुन् । चौधरी झलनाथ निकट नेता हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend