बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अमेरिकी सभामुखले ताइवान टेकेपछि चीन बन्यो घाइते बाघ, तेस्रो विश्व युद्धको धमास

अमेरिकी सभामुखले ताइवान टेकेपछि चीन बन्यो घाइते बाघ, तेस्रो विश्व युद्धको धमास

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २० २०७९

  • 3.3K
    SHARES

  • अमेरिकी सभामुखले ताइवान टेकेपछि चीन बन्यो घाइते बाघ, तेस्रो विश्व युद्धको धमास

    काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन घाइते बाघ भएको छ। चीनको ठूलो धाकधम्कीको बेवास्ता गर्दै पेलोसीले मंगलबार ताइवानमा एक रात बिताएर दक्षिण कोरियाको भ्रमण गरेकी छन् । उनले ताइवानको संसदलाई सम्बोधन मात्र गरिनन्, त्यहाँकी राष्ट्रपतिलाई समेत भेटिन् ।

    तानाशाह शैलीमा चीनले अमेरिकी सभामुखलाई ताइवानको भ्रमण नगर्न चेतावनी दिँदै आएको थियो । तर, पेलोसीले त्यसको बेवास्ता गर्दै ताइवान भ्रमण गरिन् । यतिबेला चीनले ताइवानको चारैतिर सैनिक अखडा जमाएर क्षेप्यास्त्र प्रहार गरेर रिस शान्त गर्न खोजिरहेको छ । तर, उसले सैनिक आक्रमण नै गरिसकेको छैन । तर, तेस्रो विश्व युद्ध हुने जस्तो गरी धमास भने दिइरहेको छ । यदि ताइवानमाथि आक्रमण गरेमा रुस र युक्रेनको जस्तो अवस्था आउन सक्ने डर पनि चीनलाई देखिएको छ । त्यही भएर अहिले चीनका विभिन्न देशमा रहेका राजदूतहरूले एक चीन नीतिलाई मान्न आह्वान गरिरहेका छन् ।

    अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेको विषयमा काठमाडौंस्थित चिनियाँ राजदूत होुउ यान्छीले बुधबार दुई पेज लामो विज्ञप्ति निकालिन् । उनले विज्ञप्तिमा ‘नेपालीहरू दायाँबायाँ नगर्नु’ भन्ने आशय व्यक्त गरेकी छन् । चीन आफ्नो इमेजप्रति कति असुरक्षित छ भन्ने राम्रो प्रमाण हो यो । 

    यान्छीले ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्छ भन्ने विषयमा आफू विश्वस्त रहेको बताएकी छन् । नेपाल र चीन एक अर्काको विश्वासनीय असल छिमेकी राष्ट्रको रूपमा रहेको र दुवै देशले एक९अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई बुझ्दै आएको स्मरण गर्दै उनले चीनको एक चीन सिद्धान्त जायज तथा वैध मागहरूलाई पनि बुझ्दै जारी ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास लिएको बताएकी छन् ।

    ‘नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहने छन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् भन्ने हामीले विश्वास लिएका छौं’, राजदूत यान्छीले भनेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend