काठमाडौं । आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई बुधबार पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका वडा नं. १७ सुनधारा बस्ने ५१ वर्षीया बिन्दु २०५२ जेष्ठ १ गते कम्प्युटर अपरेटरमा सेवा प्रवेश गरेकी हुन्। उनी कार्यरत कार्यालयबाटै अख्तियारले छ। उनलाई पक्राउ गरेको हो। उनको साथबाट अख्तियारले घुस लिएको नगद बरामद गरेको हो।
कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको राजश्व कार्यालय पुगेका सेवाग्राहीलाई बिन्दुले सास्ती दिएर घुस मागेकी थिइन्। सेवाग्राहीले रकम दिएपश्चात् उनलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ। मंगलबार पर्यटन मन्त्रालयका एक उपसचिव ६ लाख घुस सहित पक्राउ परेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।