सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनले वित्तीय संकटमा श्रीलंकालाई बेवास्ता गर्दै, चीनको ध्यान लगानीको प्रतिफलमा केन्द्रित 

चीनले वित्तीय संकटमा श्रीलंकालाई बेवास्ता गर्दै, चीनको ध्यान लगानीको प्रतिफलमा केन्द्रित 

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ३१ २०७९

  • 3.3K
    SHARES

  • चीनले वित्तीय संकटमा श्रीलंकालाई बेवास्ता गर्दै, चीनको ध्यान लगानीको प्रतिफलमा केन्द्रित 

    काठमाडौं । श्रीलंकाले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माणका लागि अनियन्त्रित र जोखिमपूर्ण विदेशी ऋण लिएको बारेमा अर्थशास्त्रीहरू र विश्वका अन्य नेताहरूको चेतावनी सुनेको भए हाल चलिरहेको आर्थिक संकटबाट बच्न सक्थ्यो। अहिले श्रीलंकाले बढ्दो वैदेशिक ऋण र घट्दो विदेशी सञ्चिति कारणले अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिक चुनौतीलाई कसरी पार गर्ने भन्नेमा सरकार पूर्णतया अनभिज्ञ हुँदा जनता खाना, औषधि, इन्धन पाउन संघर्षरत छन् ।आर्थिक रूपमा अपांग श्रीलंका अब चिनियाँ ऋण तिर्न नसक्दा आफ्नो सार्वभौमसत्ताको एक हिस्सा गुमाउने निरन्तर खतरामा छ।

    सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाको लागि यो सबैभन्दा नराम्रो आर्थिक संकट हो। साथै, यो पछिल्लो दुई दशकमा आफ्नो विदेशी ऋण चुक्ता नगर्ने पहिलो एसियाली देश बनेको छ। खाद्यान्न र औषधि बाहेक, श्रीलंकामा प्राकृतिक ग्यास र कच्चा तेलको अभाव छ र देशभरि ठूलो मात्रामा विद्युत कटौती गरिएको छ। चाखलाग्दो कुरा के छ भने, चिनियाँ बीआरआई अन्तर्गत श्रीलंकामा केही विद्युत उत्पादन परियोजनाहरू वाचा गरिएको थियो। तर, यी आयोजनाहरू कहिल्यै अघि बढेका छैनन्। त्यही बीआरआई अहिले श्रीलंकाली जनताको पीडाको प्रमुख कारण बनेको छ । चीन श्रीलंकाको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता बनेको छ म हाल श्रीलन्का ६।५ बिलियन अमेरिकी डलरको चिनियाँ ऋणमा छ। कोभिड–१९ को महामारी र रुस–युक्रेन युद्धका कारण उत्पन्न समस्याबीच आर्थिक अवस्था बिग्रन थालेपछि श्रीलंकाले चीनलाई ऋणको पुनर्संरचना गर्न आग्रह गरेको छ । यद्यपि, बेइजिङले यसलाई अस्वीकार गर्दै ऋण पुनर्संरचनाले भविष्यमा द्विपक्षीय ऋणमा ूप्रभावू पार्ने बताएको छ।
        
    अब श्रीलंकाले आफ्नो जनसंख्यालाई खुवाउन समेत कोषको व्यवस्था गर्न संघर्ष गरिरहेको छ। भारत, अमेरिका, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक जस्ता वित्तीय संस्थाहरूले श्रीलंकालाई दिनदिनै बिग्रँदै गएको अवस्थामा राहत दिने प्रयास गरिरहेका छन्। तर चीनले श्रीलंकालाई सहयोगको लागि आह्वान गरे पनि सहयोग गर्नबाट टाढा रहन रोजेको छ। युरोपेली फाउन्डेसन फर साउथ एसियन स्टडिज (इएफएसएएस) ले चीनले श्रीलंकाका नाफामूलक परियोजनाबाट पर्याप्त फाइदा लिए पनि श्रीलंकाको दुर्दशालाई बेवास्ता गरेको देखाएको छ। संयोगवश, चीनले विगतमा बलियो द्विपक्षीय सहयोगको हिस्साको रूपमा श्रीलंकालाई सहयोग गर्ने वाचा गरेको थियो। अब भने श्रीलंकाले १.५ बिलियन अमेरिकी डलर स्वैपको अनुरोधलाई समेत अस्वीकार गरेको छ ।

    बेइजिङको अडानमा अचानक परिवर्तनले श्रीलंकाली नेताहरूलाई निराश बनाएको छ, जो एक समय चिनियाँ परियोजनाहरू र देशमा लगानीलाई अनुमति दिन आग्रह गरिरहेका थिए। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटमा परेको बेला देशलाई बेवास्ता गरेकोमा चीनप्रति आक्रोश व्यक्त गरेका छन्। ‘उनीहरू (चीन) यस क्षेत्रमा कम चासो राख्छन्। उनीहरुको चासो यहाँ पहिलेको जस्तो छैन । उनीहरुको चासो सरेको छ,’ उनले भने । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि समयमै सहयोग गरेकोमा भारतको प्रशंसा गर्दै चीनको आलोचना गरेका छन् । ‘अहिलेसम्म चिनियाँ लगानी भएको छैन । चीनसँग ऋण तिर्नका लागि मात्रै छलफल भइरहेको छ,’ उनले भने ।

    मे २०२२ मा, विक्रमासिङ्घेले श्रीलंकालाई आर्थिक संकटबाट पार पाउन चीनले आर्थिक सहायता उपलब्ध गराउने विश्वास गरे। तर, उनको आशा छिट्टै टुट्यो । कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसका विजिटिङ स्कॉलर दीप पालले यसअघि श्रीलंकालाई चिनियाँ सहायता र बीआरआई कोष सहयोगको अंश नभएर लगानी भएको बताएका थिए। 'उनीहरू ९चीन० लगानीमा प्रतिफल सुनिश्चित गर्न चाहन्छन्। जब यसमा प्रश्न चिन्ह छ, चीन संलग्नता सीमित गर्दछ र पछि हट्छ,' उनले भने।

    यसले श्रीलंकाका लागि गम्भीर जोखिम निम्त्याउन सक्छ किनकि चलिरहेको आर्थिक गडबडीलाई हटाउन वर्षौं लाग्न सक्छ। अब, श्रीलंका असुरक्षित भएको छ र चीनको लागि आफ्नो रणनीतिक रूपमा महत्त्वपूर्ण परियोजनाहरू गुमाउन सक्छ। ऋण तिर्न नसक्दा श्रीलंकालाई चीन हम्बनटोटा बन्दरगाह यसअघि नै हस्तान्तरण गरिसकेको छ । अहिले, श्रीलंका नाजुक आर्थिक स्थितिमा छ, उसले अन्य महत्त्वपूर्ण पूर्वाधार परियोजनाहरू जस्तै मट्टाला राजपक्ष अन्तर्राष्ट्रिय विमानस्थल, कोलम्बो पोर्ट सिटी, र एलिभेटेड हाइवे परियोजनाहरूअन्तर्गतको आफ्नो सार्वभौम अधिकार त्याग्न बाध्य हुन सक्छ। श्रीलंकाको एड्भोकाटा इन्स्टिच्युटका अध्यक्ष मुर्तजा जाफर्जीले चिनियाँ ऋणलाई ‘ऋणको जाल” भनेका छन् किनभने बीआरआई अन्तर्गत निर्माण गरिएका पूर्वाधार परियोजनाहरू राजस्व उठाउन असफल भएकाले ऋण तिर्न प्रयोग गरिने थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend