इस्लामावाद - पाकिस्तानले विलासिताका वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानी प्रतिबन्धपछि कराची बन्दरगाहहरूमा करिब ६०० देखि ९०० कन्टेनरहरू अड्किएका छन्। उत्पत्ति र बिल अफ लडिङ्गबाट जहाज चल्न ढिलाइ भएका कारण कन्टेनरहरू बन्दरगाहमा अड्किएको बिजनेस रेकर्डरले जनाएको छ।
कराची भन्सार एजेन्ट एसोसिएसन (केसीएए) का महासचिव अरशद खुर्सिदले करिब ६०० देखि ९०० कन्टेनर कराचीमा आइपुगेको तर उक्त एसआरओका कारण भन्सारबाट क्लियरेन्स पाउन नसकेको बताए। प्रचलित कानूनले आयात नीति २०२२ को परिमार्जन गर्नुअघि बिल अफ लडिङ्गको मिति तोकिएका सामान आयात गर्न मात्र अनुमति दिएका कारण अहिलेका सामानहरु आयात गर्न नसकिने उनले बताएका छन्।
यसले विभिन्न बन्दरगाहमा असंख्य कन्टेनर जम्मा भएको र बन्दरगाहमा जाम हुनसक्ने र राजस्वमा अर्बौं घाटा हुनसक्ने बताइएको छ। अर्कोतर्फ, भारी कन्टेनर डिमुरेज शुल्क पनि लगाइएको थियो, जुन विदेशी मुद्रामा तिर्नुपर्ने थियो, खुर्सिदलाई उद्धृत गर्दै मिडियाले रिपोर्ट गरे।
केसीएएनका महासचिव खुर्सिदले संगठनले पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफलाई पत्र पठाएको छ र एसआरओको कार्यान्वयनमा ढिलाइ गर्न अनुरोध गरेको छ। व्यापारीहरूले अतिरिक्त आर्थिक बोझको सामना नगरी आफ्नो कन्साइनमेन्टहरू क्लियर गरिनुपर्ने उनले बताएका छन्।
यसअघि अमेरिकी डलरको तुलनामा देशको मुद्राको कीर्तिमानी गिरावट, बढ्दो आयात बिल र विदेशी मुद्रा सञ्चिति घट्दै गएका कारण पाकिस्तानले ‘इमर्जेन्सी इकोनोमिक प्लान’ अन्तर्गत ३८ वटा विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।
इस्लामावादको इतिहासमा पहिलो पटक अमेरिकी डलर खुल्ला बजारमा भारतीय रुपैयाँ २०० बेन्चमार्कभन्दा माथि पुगेपछि देशको मुद्रा अहिलेसम्मकै सबैभन्दा तल्लो तहमा झरेर प्रतिबन्ध लगाइएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।