बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीन विरुद्ध प्रदर्शन

दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीन विरुद्ध प्रदर्शन

  • मिडिया डबली
  • सोमवार, आषाढ १३ २०७९

  • 3.2K
    SHARES

  • दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीन विरुद्ध प्रदर्शन

    काठमाडौं । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमवार राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

    माइतिघरबाट सुरु भएको विरोध ¥याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो। विरोध ¥यालीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाईएको थियो।

    बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रीय अध्यक्ष विनय यादवले सम्बोधन गरे। उनले चीनले दशगजामै तारवार र भौतिक संरचना वनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर वसेको भन्दै आक्रोश ब्यक्त गरे। तर, गोरखाका सिडिओ शंकरहरि आचार्यले भने त्यस विषयमा आफुलाई जानरी नभएको वताएका छन् ।

    सीमा सम्वन्धि अन्तराििष्ट्रय मान्यता अनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचान वनाउन वा तारवार लगाउँन पाईदैन। त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ। तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ।

    दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको छ। 

    यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो। तर, पछि त्यसलाई हटाइयो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend