सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शीर्ष ३ चिनियाँ आवास कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा कम

शीर्ष ३ चिनियाँ आवास कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा कम

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 3.3K
    SHARES

  • शीर्ष  ३ चिनियाँ आवास कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा कम

    बेइजिङ - चीनले महत्त्वपूर्ण आर्थिक उथलपुथलको सामना गरिरहेको बेला तीन शिर्ष चिनियाँ सम्पत्ति कम्पनीहरूको बिक्री ४० प्रतिशत भन्दा बढीले घटेको छ।

    पछिल्लो तथ्यांकका अनुसार जनवरी र अप्रिलको पहिलो चार महिनामा चीनमा ४० प्रतिशतभन्दा बढी रियल इस्टेट कम्पनीहरू घटेको छ। तीनवटा एस्टेट कम्पनीको बिक्री ६४ अर्ब डलर पुगेको छ, जुन गत वर्षको तुलनामा निकै कम हो।

    कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि चिनियाँ मूल निवासीमाथि लगाएको चीनको शून्य कोभिड नीतिले आर्थिक संकट थपेको छ। अप्रिलमा कडा प्रतिबन्ध र कडा लकडाउनका उपायहरू पनि यो आर्थिक अवस्थाको कारण हो।

    केही चिनियाँ-अमेरिकी विज्ञहरूले चिनियाँ अधिकारीहरूलाई सोशल मिडियामा बर्बर शून्य-कोविड नीति परिवर्तन गर्न आग्रह गरेको स्थानीय मिडियाले रिपोर्ट गरेका छन्। उनीहरूले मास पीसीआर परीक्षणको सट्टा होम क्वारेन्टाइन र र्यापिड एन्टिजेन टेस्टको विकल्प रोज्‍न अधिकारीहरूलाई आग्रह गरेका छन्।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार चीनले 'सुस्त र कमजोर विश्वव्यापी अर्थतन्त्रको सामना गरिरहेको छ'। 'संयुक्त राज्य अमेरिका र अन्य देशहरू आफ्नै स्वार्थमा अडिग छन् र आँखा चिम्लिएर एकपक्षीय प्रतिबन्धहरू बढाउँदैछन्,' झाओले थपे।

    हाल, त्यहाँ ३०० मिलियन भन्दा बढी मानिसहरु दर्जनौं चिनियाँ सहरहरुमा रहेको र पूर्ण तथा आंशिक लकडाउनको सामना गरिरहेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend