सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोभिड बढेपछि आईफोन निर्माता फक्सकनद्वारा चीनमा उत्पादन बन्द

कोभिड बढेपछि आईफोन निर्माता फक्सकनद्वारा चीनमा उत्पादन बन्द

  • मिडिया डबली
  • आइतवार, चैत्र १३ २०७८

  • 4.6K
    SHARES

  • कोभिड बढेपछि आईफोन निर्माता फक्सकनद्वारा चीनमा उत्पादन बन्द

    ताइपेई - प्रमुख एप्पल आपूर्तिकर्ता फक्सकनले चिनियाँ टेक हब शेन्जेनमा आफ्नो उत्पादनहरु बन्द गरेको छ।

    कम्पनीले सोमबार बेइजिङको सहरको लकडाउन जारी गरेपछि उत्पादनहरु बन्द गरेको घोषणा गरेको हो। कम्पनीले विज्ञप्ति निकाल्दै भनेको छ, 'स्थानीय सरकारले कोरोनाको नयाँ भेरिन्ट नियन्त्रणका लागि लकडाउनलगायत प्रतिबन्धात्मक नीति जारी गरेपछि चीनको शेन्जेनमा फक्सकनको सञ्चालन र उत्पादन कार्य रोकिएको छ।'

    चीनमा पछिल्लो समय कोरोना महामारी फेरि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा चीनमा करिब दुई हजारमा कोरोनाका नयाँ संक्रमितहरु फेला परेका छन्।

    चीनले कोरोना नियन्त्रणका लागि शून्य कोभिड नीति लिए पनि सफल हुन सकेको छैन। कोरोनाको शून्य कोभिड अभियानलाई सफल बनाउन ठूलो प्रयासहरु गर्दै नागरिकलाई महिनौसम्म घरभित्रै बन्दी बनाइएको भए पनि पूर्ण नियन्त्रण भने गर्न सकेको छैन।

    जसका कारण चीनमा रहेका विभिन्‍न कम्पनीहरुले आफ्नो उत्पादनमा रोक लगाएका छन् भने कयौं कम्पनीहरुले त चीन छोडेका छन्। कोभिडविरुद्धको चिनियाँ खोपले ल्युकेमिया भन्‍न नयाँ संक्रमण देखिएपछि चिनियाँहरु थप चिन्तित बनेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend