काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटा सोमबारदेखि एकाएक युटर्न भएका छन् ।
बरु आत्महत्या गर्छु अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दिन भनेर अभिव्यक्ति दिने सापकोटा अहिले १८० डिग्रीमा घुमेर दलहरुबीच सहमति भए आफू एमसीसी पास गर्न बाधक नबन्ने उनले बताएका छन् ।
सोमबार सर्वदलीय बैठकमा उनले आफू एम्पायर मात्र भएको बताएर बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने संकेत गरेका छन् ।
आत्महत्या गर्छु तर एमसीसी कुनै हालतमा पास गर्न दिन्न भनेर संसद् बैठक एकोहोरो सारेको सारै गर्ने सापकोटा अहिले किन आफू एम्पायर मात्र हो भन्ने अवस्थामा आइपुगे भन्ने विषयले अहिले नेपालको राजनीतिमा चर्चा परिचर्चा सुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यस विषयमा छलफल गर्न सोमबार एमालेले दलको बैठक राखेको थियो ।
बैठकमा धेरै सांसदले प्रधानन्यायाधीश जबरालाई बोकेर हिँड्न नहुने र एमसीसीको विरोध गर्नुपर्ने आवाज उठाएका थिए । त्यही बीचमा एमालेले ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । तर, के प्रयोजनका लागि हस्ताक्षर संकलन गरिएको हो भन्ने खुलाइएको छैन ।
धेरैले एमाले नेतृत्वको सरकार अपदस्थ गर्ने चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरिएको हुन सक्ने अनुमान गरिएको छ । तर, एमाले सांसदहरु आफैं विश्वस्त छैनन् ।
स्रोतका अनुसार यदि सभामुख सापकोटाले बुधबारको बैठकमा एमसीसी टेबुल नगरे एमालेले उनीविरुद्ध महाअभियोग वा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको भएको छ ।
सोही तथ्य बुझेकाले अहिले सभामुख तनावमा रहेको बताइन्छ । एमालेले सुरुदेखि नै सभामुख सापकोटाको आलोचना गर्दै आएको छ ।
एमालेले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको काउन्टरमा सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने आकलन गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।