शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

सभामुख भुंग्राको ताउमा, संसदीय प्रक्रियालाई व्यक्तिको सनकले बनाउन पाइन्छ ?

सभामुख भुंग्राको ताउमा, संसदीय प्रक्रियालाई व्यक्तिको सनकले बनाउन पाइन्छ ?

  • मिडिया डबली
  • शुक्रवार, माघ २८ २०७८

  • 5.9K
    SHARES

  • सभामुख भुंग्राको ताउमा, संसदीय प्रक्रियालाई व्यक्तिको सनकले बनाउन पाइन्छ ?

    काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयले नेपालमा रडाको मच्चिएको छ ।

    सत्तारुढ गठबन्धन यही विषयले टुट्ने खतरा छ । नेपाली कांग्रेसले गठबन्धनको बेवास्ता गर्दै एमसिसी संसदबाट पारित गर्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भाउन्न भएको छ । शुक्रबार बिहानै उनले एमाले अध्यक्ष केपी ओलीलाई एमसिसीबारे सहयोग गर्न अनुरोध गरेका छन् ।

    तर, ओलीले गठबन्धनसँग एक सय ६५ सांसद छँदै छन्, आफैं निर्णय गर्नुस् भनेर जवाफ फर्काएका छन् । संसदबाट एमसिसी अनुमोदन गर्न सामान्य बहुमत भए पुग्छ ।

    त्यो अहिले गठबन्धनसँग पनि छ । कांग्रेस र एमाले मिले भने पनि पुग्छ । मात्र संसद बैठक बस्नुपर्ने हुन्छ । तर, सभामुख अग्निप्रसाद सापकोटाको अहंकारको बन्दी बनेको संसद् ।

    उनले आफूखुसी प्रतिनिधिसभा बैठक सारिरहेका छन् । यदि सभामुख सापकोटा यही ढंगले अघि बढेमा कांग्रेस बाध्य भएर एमालेसँग मिल्ने सम्भावना देखिएको छ ।

    सोही कारण पछिल्लो समय कांग्रेस र एमालेबीच सहकार्यको सम्भावना बढ्दै गएको बताउन थालिएको छ । एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच एउटा भद्र सहमति भएको स्रोतले बताएको छ ।

    एमसिसीमा माओवादी केन्द्रले अवरोध गरे संसद विघटन गरेर अर्ली निर्वाचनमा जाने विषयमा पनि कांग्रेस र एमालेबीच छलफल सुरु भएको छ ।

    त्यसैले सभामुख सापकोटालाई आफ्नो अहंकार त्याग्न गठबन्धनमा दबाब बढ्दो छ । संसदको अंकगणितले सभामुखकै पद धरापमा छ भन्ने बुझ्न उनलाई चेतावनी पनि दिन थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ९ २०७७०८:१२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend