शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

वर्तमान सरकारविरुद्ध खुलेयाम लागेपछि सभामुख सापकोटाको पद धरापमा

वर्तमान सरकारविरुद्ध खुलेयाम लागेपछि सभामुख सापकोटाको पद धरापमा

  • मिडिया डबली
  • मंगलवार, माघ १८ २०७८

  • 5.1K
    SHARES

  • वर्तमान सरकारविरुद्ध खुलेयाम लागेपछि सभामुख सापकोटाको पद धरापमा

    काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा परेको छ । वर्तमान सरकारविरुद्ध खुलेयाम लागेपछि गठबन्धन नै टुट्ने संकेत देखापरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई असफल बनाउन पर्दाभित्रबाट षड्यन्त्रमा लागेका सापकोटालाई हटाउन गठबन्धनभित्रै छलफल चलेको छ ।

    प्रधानमन्त्री देउवाले सहमतिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा अघि बढाउन चाहेका थिए ।

    गठबन्धन कायमै राख्ने गरी प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै एमसिसी थोरै परिमार्जनसहित संसदबाट अनुमोदन गराउन चाहन्थे । तर, सभामुख सापकोटाले कसैसँग सल्लाह नै नगरी १० दिन प्रतिनिधिसभा बैठक सारेपछि असन्तुष्टि चुलिएको हो ।

    एमसिसी अनुमोदन गर्ने कि नगर्ने भन्नेमा गठबन्धनमै दुईथरी मत छ । माओवादी केन्द्र र एकीकृत समाजवादी केही बुँदा परिमार्जन गरेर संसदमा टेबुल गर्नुपर्ने पक्षमा छन् ।

    नेपाली कांग्रेस र जसपा जस्ताको तस्तै पास गर्दा केही फरक नपर्ने पक्षमा छन् । राजमो सबै दलको सहयोगमा एमसिसी खारेज गर्नुपर्ने पक्षमा छन् । माओवादीमा एउटा लबी एमसिसी कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा छ ।

    जसको नेतृत्व नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । सभामुख सापकोटा पनि श्रेष्ठकै लहलहैमा लागेर एमसिसी तुहाउने खेलमा लागेको भन्दै उनलाई हटाउनुपर्ने आवाज बलियो बन्दै गएको हो ।

    एमालेले सभामुख सापकोटालाई हटाए आफूले एमसिसी पास गर्न सहयोग गर्ने प्रस्ताव बालुवाटारलाई पठाइसकेको खबर सार्वजनिक भएको छ । आफ्ना १४ सांसदलाई कारबाही नगरी पद थमौती गरिदिएको भन्दै एमाले सापकोटासँग रुष्ट छ ।

    उसले ६ महिनादेखि सभामुखलाई राजीनामा दिन दबाब दिइरहेको छ । सापकोटाकै कारण गठबन्धन टुट्ने देखिएपछि उनको पद धरापमा परेको बताउन थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ९ २०७७०८:१२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend