काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित एक सय ३४ जना पदाधिकारी र केन्द्री सदस्यले आज निर्वाचित प्रमाणपत्र ग्रहण गरे ।
जसमध्ये केही केन्द्रीय सदस्य भने आज उपस्थित भएनन् । बाहिरी जिल्लामा कार्यक्रम भएकाले केही कांग्रेस नेता उपस्थिति नभएका हुन् ।
कांग्रेसका सभापतिसहित पदाधिकारीले आजदेखि पार्टी कार्यालयमा पदबहाली गरेका छन् । पदबहाली गरेसँगै उपसभापति धनराज गुरुङले आइतबार (पुस ११) देखि हरेक दिन चार घन्टा पार्टी कार्यालयमा बस्ने घोषणा गरेका छन् ।
निर्वाचित प्रमाणपत्र लिएर उपसभापतिको पदबहाली गरेसँगै गुरुङले यस्तो घोषणा गरेका हुन् । ‘ भ्याली बाहिर नगएको र विशेष कार्यक्रम नपरेको अवस्थामा भोलि २०७८ पुस ११ गतेबाट सामन्यतया ११ बजेदेखि ३ बजेसम्म म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछु। भेटघाट गर्नुपर्ने काम परेमा केन्द्रीय कार्यालयमै भेटौंला है,’ गुरुङले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । यसै घोषणाले युबाहरु उत्साहित बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।