काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।
उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए । उनले यसलाई सामान्य दुर्घटना भनेका छन् । ‘सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भनेका छन् । एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।