आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना रोकथाम गर्न आजदेखि फेरि लकडाउन सुरू, यस्तो छ नयाँ मापदण्ड !

कोरोना रोकथाम गर्न आजदेखि फेरि लकडाउन सुरू, यस्तो छ नयाँ मापदण्ड !

  • मिडिया डबली
  • सोमवार, कार्तिक २९ २०७८

  • 3.7K
    SHARES

  • कोरोना रोकथाम गर्न आजदेखि फेरि लकडाउन सुरू, यस्तो छ नयाँ मापदण्ड !

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै युरोपेली देश अष्ट्रियामा कोरोना विरुद्धको पूर्ण खोप नलगाएका व्यक्तिका लागि फेरि लकडाउन सुरू गरिएको छ ।

    खोप नलगाएका करीब २ लाख नागरिकलाई लक्षित गरी अष्ट्रियामा आज सोमबारदेखि लकडाउन सुरू गरिएको छ ।

    लकडाउनको निर्णयअनुसार कोरोना विरुद्धको पूर्ण खोप नलगाएका व्यक्तिहरू अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन नपाउने भएका छैन् । १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरुलाई नोकरी गर्न, खानेकुरा किन्न, खोप लगाउन, डाक्टरलाई भेट्नबाहेक हिँडडुल गर्न नपाइने भएको छ ।

    पहिलो डोज लगाएकाहरूलाई पनि कोरोना परीक्षण नेगेटिभ रिपोर्ट भएमा मात्र हिँडडुल गर्न अनुमति दिइएको छ ।

    अष्ट्रियाका चान्सलर अलेक्जेन्डर शेलेनवर्गले भने, ‘हामीले यस कदमलाई हल्का ढंगले लिएका छैनौं तर दुर्भाग्यवश यो आवश्यक देखिएको छ ।’

    अष्ट्रियामा पश्चिम युरोपमा कोरोना विरुद्धको खोपको मात्रा सबैभन्दा कम दिइएको छ । अष्ट्रियामा हालसम्म कूल जनसंख्याको ६५ प्रतिशतले मात्र कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी सञ्चारमाध्यमले जनाएका छन् । देशमा पछिल्लो केही हप्तायता संक्रमण फेरि बढ्दै गएको छ ।

    विश्व स्वास्थ्य संगठनले युरोपमा फेरि कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै चेतावनी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend