बेइजिङ - चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण अन्तरिक्षबाट गरेको छ।
बेलायती अखबार फाइनान्सियल टाइम्सका अनुसार चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो। तर, कसैले पनि यसबारेमा जानकारी पाएका थिएनन्।
हाइपरसोनिक हतियारको मामिलामा चीनले प्राप्त गरेको सफलताले अमेरिकी खुफिया एजेन्सी हैरान भएको उक्त रिपोर्टमा उल्लेख छ। हाइपरसोनिकको क्षेत्रमा चीनसहित अमेरिका, रुस, उत्तर कोरियाले काम गरिरहेका छन् ।
हाइपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा पाँच गुणा द्रूत गतिमा उड्न सक्छ। यो ब्यालिस्टिक मिसाइल जस्तै मरमाणु हतियारयुक्त र त्यसलाई लिएर जान सक्षम हुन्छ।
हाइपरसोनिक मिसाइल ब्यालिस्टिक मिसाइलभन्दा तीव्र गतिमा लक्ष्य भेदन गर्न सक्षम हुन्छ। साथै यसलाई ट्र्याक गर्न तथा यसबाट बच्न मुस्किल हुने जनाइएको छ।
यो मिसाइलले निशानालाई भेद गर्नुअघि विश्वलाई नै एक फन्को लगाउनेसमेत उल्लेख गरिएको छ। चीनले भने हाइपरसोनिक मिसाइल परीक्षण नगरेको दाबी गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।