हङकङ - चिनियाँ दमन र विवादित कानुनका कारण एम्नेस्टी इन्टरनेशनलले हङकङस्थित कार्यालय बन्द गर्ने भएको छ। चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै एम्नेस्टीलाई आफ्नो कार्यहरु गर्न असम्भव भएकोले हङकङस्थित कार्यालय बन्द गर्नुपरेको बताएको छ।
हङकङमा एम्नेस्टीको कार्यालय विगत ४० वर्षदेखि रहेको थियो। पछिल्लो समय हङकङमा एम्नेस्टीले हङकङ सहर र अर्को यो क्षेत्र पूरा हेर्ने गरी दुईवटा कार्यालय सञ्चालनमा थिए।
स्थानीय कार्यालय ३१ अक्टोबरदेखि बन्द हुने भएको छ भने क्षेत्रीय कार्यालय यही वर्षको अन्त्यदेखि बन्द गर्ने बताएको हो। चीनले हङकङमा सन् २०१९ मा भएका प्रजातन्त्र र स्वतन्त्रतासम्बन्धी आन्दोलनहरुलाई दबाउनका लागि सन् २०२० को जुलाईमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको थियो।
उक्त कानुनमा अलगाव, विखण्डन, आतंकवाद र विदेशी शक्तिसँग मिलिभगत गरेमा कारबाही गर्ने प्रावधान राखिएको छ। मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एम्नेस्टीले यो निर्णय निकै कठोर हृदयका साथ लिनुपरेको बताएका हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।