ताइपेइ - चिनियाँ सेनाले पटक पटक ताइवानको हवाई रक्षा क्षेत्रमा घुसपैठ गरेपछि ताइवानले चीनलाई कडा चेतावनी दिएको छ। ताइवनले आफूले युद्धको सुरुवात नगरेको तर तयारी गरेको स्पट पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
ताइवानका रक्षामन्त्री चियु कुओ चेङले भने, ताइवानले कहिल्यै पनि युद्धको सुरुवात गर्नेछैन, तर हरेक दिन युद्धको तयारी गरिरहेको छ। यसअद्धि ताइवानका मेनल्यान्ड मामिला परिषद्मन्त्री चियु ताइ सानले चिनियाँ सेनाले पटक पटकको घुसपैठले ताइवानमा युद्धको जस्तो अवस्था सिर्जना गरेको बताएका थिए।
यद्पि रक्षामन्त्रीले भने ताइ सानको अभिव्यक्तिमा आफ्नो कुनै टिप्पणी नभएकोसमेत बताएका छन्। उनले आफ्नो भनाइलाई दोहोर्याउँदै ताइवानले चीनसँग द्वन्द्वको सुरुवात नगर्ने र यसअपघि पनि नगरेको स्पष्ट पारेका छन्।
यसअघि सुरक्षा निकायका प्रमुखले सन् २०२५ अघि चीनले ताइवानमाथि पूर्णरुपमा आक्रमण गर्नसक्ने क्षमता नराखेको अनुमान गरेका थिए। अक्टोबर ३ मा भने दुई दिनको अवधिमा ताइवानको हवाई रक्षा क्षेत्रमा अवैधरुपमा ५८ वटा लडाकू विमान प्रवेश गरेका थिए।
बेइजिङले ताइवानकालाई आफ्नो सावैभौमसत्ताको एक हिस्साको रुपमा व्याख्या गरेको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रको रुपमा व्याख्या गर्दै आएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।