काठमाडौं – गोरखा जिल्लालाई केन्द्र बनाएर आज आईतबार बिहानै भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्पले धक्का दिएको छ । भूकम्पको केन्द्रविन्दु मान्बु आरुघाट गाउँपालिकामा रहेको छ ।
आईतबार बिहान ४ः०९ बजेमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । गोरखा, धादिङ लगायत क्षेत्रमा भूकम्पको धक्का महसूस गरिएको जनाइएको छ ।
२०७२ बैशाख १२ गते गोरखाकै बारपाक केन्द्र रहेर ठूलो भूकम्पले धक्का दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।