काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गर्दै अफगानिस्तानको शासनमा आएका तालिबानबारे धारणा सार्वजनिक गरेको छ ।
सम्बोधनका क्रममा डा. खड्काले सार्कराष्ट्र अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् ।
खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै आन्तरिक विषय भएको बताउँदै ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास व्यक्त गरे ।
आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको बताउँदै उनले नेपालले त्यसको विरोध गरिरहेको बताएका छन् ।
सम्बोधनका क्रममा उनले कोरोना भाइरस विरुद्धको खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक–सामाजिक असर पारेको समेत बताएका छन् ।
मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्ने खड्काले बताए । मावन जीवन रक्षाका लागि खोप अभियानलाई तीब्रता दिनुपर्ने बताउँदै खड्काले कोभिडका कारणले देखिएको चुनौतीलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायले देखाएको सहयोगको प्रशंसा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।