सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यसरी हुनसक्छ चैत–बैशाखमा संसदको मध्यावधि चुनाव, परराष्ट्रमन्त्री खड्काको खुलासा

यसरी हुनसक्छ चैत–बैशाखमा संसदको मध्यावधि चुनाव, परराष्ट्रमन्त्री खड्काको खुलासा

  • मिडिया डबली
  • शनिवार, कार्तिक ६ २०७८

  • 4.9K
    SHARES

  • यसरी हुनसक्छ चैत–बैशाखमा संसदको मध्यावधि चुनाव, परराष्ट्रमन्त्री खड्काको खुलासा

    काठमाडौं – नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्काले आगामी चैत–बैशाखमा संसदको मध्यावधि चुनाव हुनसक्ने बताएका छन् ।

    शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले सबै दलहरूबीच सहमति जुटेमा चुनाव हुनसक्ने बताएका छन् ।

    ‘सबै दलहरूबीच सहमति जुटेमा चैत–बैशाखसम्म चुनाव हुनसक्छ । तत्कालै अर्ली इलेक्सनको कुरा छैन तर त्यसखाले वातावरण बन्यो र सबैलाई चुनाव गरौं भन्ने लाग्यो भने चैत–बैशाखसम्म होला । अहिलेसम्म अर्को वर्ष मंसिरमै गर्ने भन्ने छ तर राजनीतिमा सबै सम्भावनाहरु रहन्छन्,’ मन्त्री खड्काले भने ।
     
    एमसीसी पारित गर्न दलहरूबीच साझा सहमति आवश्यक रहेको मन्त्री खड्काले बताएका छन् । 

    उनले चुनावअघि नै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न हुने बताएका छन् । ‘चुनावअघि नै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाइसक्नुभएको छ । केही जिल्लामा अझै पनि वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । साथीहरु अझै पनि अनसनमै हुनुहुन्छ,’ उनले भने, ‘सबै समस्याहरू सम्बोधन गरिसकेपछि चाँडोभन्दा चाँडो महाधिवेशन हुनेछ । मंसिरमा हुने सम्भावना देख्दिनँ । मेरो अनुमानमा पुसको अन्तिम वा माघको पहिलो हप्ता पुग्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend