बेइजिङ - चीनले आफ्नो अर्थतन्त्रलाई बलियो बनाउँदै लगेसँगै भूराजनीति प्रभावलाई पनि विस्तार गर्दै गइरहेको छ। अन्तर्राष्ट्रिय संस्थाहरुलाई आफ्नो हित अनुकुलको प्रणालीमा ढालेर चीनले भूराजनीतिक प्रभावलाई विस्तार गर्दै गइरहेको छ।
अन्तर्राष्ट्रिय संघसंस्था तथा संगठनहरुले चिनियाँ प्रभावको विषयमा देखाएको मौनताप्रति प्रश्न गरेका छन्। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा पनि चिनियाँ प्रभाव बढेको देखिन्छ। चिनियाँ वाचर्सहरुका अनुसार चीनले इन्टरपोलमा आफ्नो प्रभावलाई बढाउँदै लगेका देखिन्छ।
इन्टरपोल पनि आर्थिक प्रभावमा परेको र बलियो सम्बन्ध विस्तार गर्दै लगेको देखिएको बताइएको छ। कुनै विशेष राजनीतिक हितलाई प्रबद्र्धन गर्नका लागि बहुपक्षीय फोरमहरुमा पनि स्वार्थ पूर्ति गर्ने पात्रको नियुक्ति गर्ने गरेको पाइएको छ।
यसअघि उत्तर अफ्रीकी मुलुकमा चिनियाँ अधिकारीहरुको आग्रहमा इन्रपोलले एक उइगर अभियानकर्मीहरुलाई पक्राउ गरेको घटनाले पनि यसलाई पुष्टि गर्दछ। चीनको इन्टरपोलमा गहिरो प्रभाव रहेको कुरामा कुनै शंका बाँकी नरहेको एक अधिकारीले बताए। सन् २०१६ मा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री भएका मेङ हाङवी इन्रपोलका प्रमुख भएका थिए । उनले इन्टरपोलमा चीन नेतृत्वदायी मुलुक भएको बताएका थिए।
चीनले इन्टरपोलको रेड नोटिस प्रणालीलाई पनि दुरुपयोग गने गरेको पाइएको छ। विशेषगरी सुपुर्दगी सम्झौता अन्र्तगत कुनै व्यक्तिलाई पक्राउ गर्ने कुरामा चीनले इन्टरपोलमा रेड नोटिस सर्भिसको दुरुपयोग गरेको पाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।