सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनको बढ्दो सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरतामा खतरा 

चीनको बढ्दो सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरतामा खतरा 

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 4.4K
    SHARES

  • चीनको बढ्दो सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरतामा खतरा 

    बेइजिङ - चीनको बढ्दै सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरता खतरामा रहेको बताइएको छ। चीनले मानव रहित विमान क्षमता प्रयोग गरीरहेको र बढ्दो परिष्कृत सैन्य ड्रोनहरुमा ध्यान केन्द्रित गरिरहेको मिडिया रिपोर्ट्हरुपछि यस क्षेत्रको स्थिरतामा खतरा उत्पन्न हुने विज्ञहरुले बताएका छन्। 

    साउथ चाइना मर्निङ  पोस्टका अनुसार अगस्तको अन्त्यमा जापानको नजिक तीनवटा चिनियाँ सैन्य ड्रोन भेटिएका थिए, जसले टोकियोलाई लडाकू विमान पठाउन प्रेरित गरेको थियो।

    जापानी अधिकारीहरुका अनुसार ड्रोनको साथमा शानक्सी वाई क्यू समुद्री गश्ती विमान र शानक्सी वाई जेबी इलेक्ट्रोनिक गुप्तचर विमान पनि रहेको थियो। 

    तर चीन मात्र यस क्षेत्रमा ड्रोन विकास र तैनाथी गर्ने देश नभएको र मेमा अमेरिकाले अस्थायी रूपमा दुई एमक्यू४सी ट्राइटन ड्रोनलाई गुआमबाट उत्तरी जापानको मिसावा बेसमा स्थानान्तरण गरेको थियो। गत बर्षको सुरुमा ड्रोन गुआम पठाइएपछि अमेरिकी सेनाले त्यसोका चर्को विरोध गरेको थियो। 

    चीनले पछिल्लो समय आफ्नो सैन्य पहुँचलाई पनि अन्तर्राष्ट्रिय समुदायमा विस्तार गर्दै लगेको देखिन्छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend