सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनको बिआरआई परियोजनाले विश्वकै वातावरण ध्वस्त बनाउँदै

चीनको बिआरआई परियोजनाले विश्वकै वातावरण ध्वस्त बनाउँदै

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३१ २०७८

  • 6.3K
    SHARES

  • चीनको बिआरआई परियोजनाले विश्वकै वातावरण ध्वस्त बनाउँदै

    एजेन्सी - चीनले विश्वका पाँचवटा महाद्वीपमा सञ्चालित बेल्ट रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गतका ऊर्जा परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । चीनभित्र वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको र चीनबाहिर भने उसैले अत्यधिक कार्बन उत्सर्जन गर्ने परियोजनाहरूमा लगानी गरेको वातावरणविद्हरूले आरोप लगाएका छन् ।

    चीनको यस्तो भूमिकाले पर्यावरणीय गिरावट र जलविद्युत् परिवर्तन थप बढाउन भूमिका निर्वाह गरेको अध्ययनले देखाएको छ । पाँच महाद्वीपमा फैलिएको बिआरआई परियोजनाबाट पृथ्वीमा गम्भीर नकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ ।

    कोइलाबाट विश्वको कार्बन उत्सर्जन ४६ प्रतिशत भएको छ भने विद्युतीय क्षेत्रबाट ७२ प्रतिशत देखिएको छ । बिआरआईका परियोजनाहरूले पर्यावरणसम्बन्धी मापदण्ड पूरा नगरेको देखिएको छ । पर्यावरणसम्बन्धी दिशानिर्देशन चिनियाँ परियोजनाहरूले पालना गरेका छैनन् ।

    वुडरो विल्सन सेन्टर नामको थिंकट्यांकअन्तर्गतको चाइना इन्भायरनमेन्ट फोरम (सिइएफ)का निर्देशक जेनिफर टर्नरले भनेका छन्, ‘चीनले विकास मोडलका नाममा उसले जे बेचिरहेको छ, त्यसले मानव जीवनमा नकारात्मक असर पार्छ।’

    इन्डोनेसिया, इजिप्ट, बंगलादेश, भियतनाम, टर्कीलगायत यस्ता मुलुक हुन् जहाँ बिआरआईअन्तर्गत कोइलामा आधारित ऊर्जा उत्पादन संयन्त्रको योजना बनिरहेको छ । बंगलादेशमा बिआरआईअन्तर्गतको एसएस पावर वन प्लान्टले स्थानीय जैविक विविधता प्रभावित गरिरहेको मात्र छैन स्थानीय जीविकोपार्जन पनि प्रभावित बनाइरहेको छ ।

    ‘बढेको कोइला उत्सर्जनका माध्यमबाट जलवायु परिवर्तनको नकारात्मक प्रभाव पनि बढाइरहेको छ । दक्षिण–पूर्वी एसियालाई पनि प्रभावित तुल्याएको छ । त्यहाँ जैविक विविधिता तथा लोपोन्मुख प्रजाति थप संकटमा परेका छन्,’ सिइएफले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

    चिनियाँ बैंकहरूले चीनबाहिरका ६० वटा कोइलामा आधारित प्लान्टहरूमा लगानी गरेका छन् । सबैले करिब दुई सय ७६ मेमागट कार्बनडाइअक्साइड प्रतिवर्ष उत्सर्जन गरिरहेका छन् । यो पूरै स्पेनले एक वर्ष कार्बन उत्सर्जन गरेबराबर परिमाण हो । चीनभित्र हरित लगानीमा जोड दिने, चीनबाहिर कोइला ऊर्जा निर्यात गर्ने गरेको आरोप लागेको छ ।

    वातावरणविद् योसी कादान भन्छन्, ‘चीन उसको देशभित्र पेरिस वातावरण सम्झौताको मापदण्ड पूरा गर्दछ, तर देशबाहिर भने उसले वातावरण सम्झौताको प्रतिकूल हुने गरी कोइलामा आधारित परियोजनाहरूमा लगानी गरिरहेको छ । यसले विश्वव्यापी कार्बन उत्सर्जन घटाउने अभियानमा चुनौती थपेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend