सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पाकिस्तानले तालिबानलाई युद्धमा सघाएको पुष्टि, बरादरको पासपोर्ट र परिचय पत्रबाट भयो यस्तो खुलासा

पाकिस्तानले तालिबानलाई युद्धमा सघाएको पुष्टि, बरादरको पासपोर्ट र परिचय पत्रबाट भयो यस्तो खुलासा

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 5.2K
    SHARES

  • पाकिस्तानले तालिबानलाई युद्धमा सघाएको पुष्टि, बरादरको पासपोर्ट र परिचय पत्रबाट भयो यस्तो खुलासा

    एजेन्सी - पाकिस्तानलाई लामो समयदेखि तालिबानलाई सहयोग गरेको आरोप लाग्दै आएको छ। तर, उसले हालसम्म पनि युद्धका बेला तालिबानलाई सहयोग गरेको कुरा अस्वीकार गर्दै आएको छ। अफगान सरकारविरुद्ध लड्न पाकिस्तानले तालिबानलाई आर्थिकसँगै बौद्धिक सहयोग गरेको धेरथोर पुष्टि हुँदै गएको छ।

    हिन्दूस्तान टाइम्सको एक रिपोर्ट अनुसार हाल तालिबानका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरको आजीवन पाकिस्तानी पासपोर्ट र पहिचान कार्ड नक्कली नाममा रजिस्टर भएको पाइएको छ। यसबाट काबुल कब्जा गर्न तालिबानलाई पाकिस्तानी खुफिया संस्था आईएसआईको साथ रहेको केही हदसम्म सत्य भएको छ।

    पाकिस्तानले बरादरकोे पासपोर्ट मुहम्मद आरिफ अघाको नाममा बनाइएदिएको खुलासा भएको छ। जसमा उनका पिताको नाम सयद एम नजीर अघा राखिएको छ। सिरियल नम्बर ४२२०१–५२९२४६०–५ भएको पाकिस्तानको लाइफटाइम आइडेन्टीटी कार्डमा सन् २०१४ को जुलाई १० मा जारी गरिएको छ।

    त्यहाँ बरादरको जन्ममिति १९६३ भनेर उल्लेख गरिएको छ। राष्ट्रिय पहिचान कार्डमा पाकिस्तानका रजिस्ट्रार जेनेरलको हस्ताक्षर रहेको छ। बरादरको पाकिस्तानी पासपोर्टको नम्बर जीएफ ६८०१२१ रहेको छ। पासपोर्टको जारी मिति र राष्ट्रिय पहिचान कार्डको जारी मिति एउटै रहेको छ। सैयद एम नजीर आगाका छोरा मोहम्मद आरिफ आगाको नाममा बरादारको राष्ट्रिय परिचय पत्र जारी गरेको थियो।

    त्यतिमात्र हैन अन्य धेरै तालिबानी नेताहरुसँग पाकिस्तानको पासपोर्ट र पहिचान पत्र रहेको बताइएको छ। तर तालिबानका प्रमुख नेता हिबतुल्लाह अखुन्दजादासँग पाकिस्तानी नागरिकता छ वा छैन भन्नेबारे खुलासा भएको छैन।

    मुल्लाह अखुन्दजादा काबुलमा भएको बताइएपनि उनी हालसम्म सार्वजनिक भएका छैनन्। उनी पाकिस्तानको कराँचीमा रहेको कन्टोन्मेन्टमा कडा सुरक्षाकाबीच बस्दै आएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७१२:४४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend