कंगो - डेमोक्रेटिक रिपब्लिक अफ कंगोको सरकारले चिनियाँ लगानीकर्ताहरुसँग ६ बिलियन अमेरिकी डलरको खानी सम्झौता पुनर्विचार गर्ने भएको छ ।
कंगोका वित्तमन्त्री निकोलस काजादीले खनिज अनुबन्धको विस्तृत जाँच गर्नुपर्ने भन्दै चिनियाँ लगानीकर्तासँगको ६ बिलियन डलरको "खनिजहरुको लागी आधारभूत संरचना" सम्झौता समीक्षा गर्ने जानकारी गराएका हुन् ।
राष्ट्रपति फेलिक्स सिसेकेदीले मे मा केहि खानी अनुबन्धहरुको समीक्षा गर्न सकिने बताएका थिए । खानी अनुबन्धहरुले कंगोलाई पर्याप्त फाइदा नहुने भएकोले समीक्षा गर्ने बताएका थिए । कंगो कोबाल्टको विश्वको सबैभन्दा ठूलो उत्पादक र अफ्रिकाको तामाको अग्रणी खानी भएको मुलुक हो ।
उनको सरकारले यही महिना चिनियाँ "मोलिब्डेनम" को विशाल टेन्के फुङगुरुमे तामा र कोबाल्ट खानीमा रहेको भण्डार र स्रोतहरुको पुनर्मूल्यांकन गर्न र "आफ्नो अधिकारको उचित दाबी" गर्नको लागी आयोग गठन गर्ने घोषणा गरेको थियो। विदेमन्त्री काजादीले एक अन्तर्वार्तामा सन् २००७ मा चिनियाँ सरकारी स्वामित्वको फर्म सिनोहाइड्रो कर्प र चाइना रेलवे ग्रुप लिमिटेडसँग गरेको सम्झौता "निष्पक्ष" र "प्रभावकारी" छ भनेर सुनिश्चित गर्न को लागी समीक्षा गरिरहेको बताएका थिए ।
सिनोहाइड्रो र चीन रेलवे भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सिनोहाइड्रो र चाइना रेलवेको बहुमतको स्वामित्वमा रहेको कंगोको सिकोमाइन कपर एण्ड कोबाल्ट संयुक्त उद्यमका उपमहानिर्देशक एली त्शिंगुलीले पनि कुनै जवाफ दिएनन् ।
यो सम्झौताले काबिलाको देशको विकास योजनाको एक महत्वपूर्ण हिस्सा बनेको छ, तर आलोचकहरु भन्छन् कि प्रतिज्ञा गरिएका पूर्वाधार परियोजनाहरु मध्ये केहि पूरा भएको छ र सम्झौतामा पारदर्शिता को कमीको बारेमा गुनासो गरेका छन् ।
विदेशमन्त्री काजादीले भने यो सम्झौताको समीक्षा कुनै पक्षलाई धम्की दिनका लागि नभएको बताएका छन् । चीनले कंगोको ७० प्रतिशत खानिमा नियन्त्रण कायम गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।